+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

पारस शाहको जिन्दगी : ओराली लागेको हरिणको चाल भो…

अनलाइनखबर अनलाइनखबर
२०७२ असार २० गते १३:१४

Paras Shah

२० असार, काठमाडौ । राजतन्त्र रहोस् या गणतन्त्र, राजपरिवारका सदस्यहरु मिडियामा चलचित्रका कलाकार भन्दा कम छाउने गर्दैनन् । पूर्वयुवराज पारस शाह पनि त्यसैगरी चर्चाका पात्र बन्ने गरेकै छन् ।

पछिल्लो समयमा थाई प्रेमिकाका कारण पारस चर्चामा आइरहेका छन् । पारस थाइल्याण्डबाट नेपाल आएको शनिवार तीन महिना पुगेको छ । गत चैत १९ गते उनी नेपाल फर्केका थिए ।

तर, तीन महिना बित्दा पनि पारसलाई उनका आमाबुबा र श्रीमतीले राम्रो व्यवहार गरेका छैनन् । उनीलाई निर्मल निवासमा श्रीमती हिमानीसँग नबसी बाहिरै बस्दै आएका छन् । पारसमाथि परिवारले अन्याय गरेको चर्चा पूर्वराजपरिवार खान्दानमा चल्न थालेको छ ।

पारसका तर्फबाट उनका पिता ज्ञानेन्द्र शाहले कहिल्यै सुख पाएनन् । युवराज बन्नुभन्दा अघिदेखि नै पारस हुल हुज्जत तर गुण्डागर्दीमा चर्चित रहे । गायक प्रवीण गुरुङलाई गाडीले किचेर भएको हत्या होस् या पछिल्लोपटक सुजाताका ज्वाइँसँग चितवनका भएको गोली काण्ड, सधैं पारसले ज्ञानेन्द्रको छवि धमिल्याउने मात्रै काम गरे ।

तर, यतिबेला भने परिस्थिति उल्टो भएको छ । पारस अब गुण्डागर्दी गर्ने हैसियत र पदमा छैनन् । स्वास्थ्यले पनि उनलाई साथ दिएको छैन ।

मरेको बाख्रालाई उपियाँले पनि छाड्छ भनेजस्तै पारसलाई आफ्नो परिवारजन र पिताले समेत बिर्सने प्रयास गरिरहेका छन् ।

पूर्वराजपरिवार निकटस्थहरुका अनुसार पारसमाथि पारिवारको बेवास्तालाई पारसले आफूमाथिको अन्याय र ज्यादतीका रुपमा बुझ्न थालेका छन् ।

थाइल्याण्डमा लामो समय बसेर नेपाल आउनेवित्तिकै पारसले आमाबुबालाई भेट्न चाहेका थिए । उनी विमानस्थलबाट सोझै निर्मल निवास आउन खोजेका थिए । तर, साइत जुराउनुपर्ने भन्दै पारसको परिवारले उनलाई यो अवसर दिएन ।

निर्मल निवास छिर्न नपाए पछि उनी कुण्डलिनी क्लबमा केही दिन बसे । कुण्डलिनीमै उनले छोराछोरीलाई बोलाएर भेटे । कुण्डलिनीमा बस्दा उनी बिरामीसमेत भए । उनको हेरचाह गर्ने कोही भएनन् । त्यसपछि उनी कहिले प्रेरणाको घरमा त कहिले शिताष्माको घरमा बस्न थाले । अहिले उनी शिताष्माको घरमा बस्न थालेका छन् ।

शिताष्माको घरबाटै पारस फलोअप उपचारका लागि अस्पताल जाने गरेका छन् । पारस मुटका विरामी हुन् । नर्भिक अस्पतालमा उनले नियमित स्वास्थ्य परीक्षण गराइरहेका छन् ।

‘उहाँ (पारस) हुँदा पनि आमाबुबा र श्रीमतीले भेट्न आएको देखिएन, बरु हामीले नियमितरुपमा भेटिरहेका छौ’ पारसका एक सहयोगीले भने, ‘पारस नेपाल आएपछि आमा कोमलले भने उनलाई भेट्न चाहेकी थिइन् ।’

पारसले छोराछोरीसँग घुम्न भएको फोटो फेसबुकमा राख्ने गरेका छन् । छोराछोरीसंगै उनकी पत्नी हिमानी भने फोटोमा देखिँदैनन् । ज्ञानेन्द्रको परिवारले पारसलाई आफ्ना छोराछोरीसँग भेट्न भने छुट दिएको छ ।

पारस कहिलेकाही हजुरआमा रत्नलाई भेट्न नारायणहिटी जाने गरेका छन् । रत्नलाई भेट्न उनी नारायणहिटी पुग्ने गर्छन् । पारससँग बिग्रेको परिवारको सम्बन्ध सुधार गर्न रत्नले प्रयास गरे पनि पूर्वराजा ज्ञानेन्द्र छोराप्रति कठोर भएको स्रोत बताउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?