+
+
Shares

अमरेशले भने-काठमाडौंसँग जबरजस्ती नाता जोड्न सकिँदैन

३ साउन, कलैया । नेपाली कांग्रेसका सभासद अमरेशकुमार सिंहले नयाँ संविधानको मस्यौदामा मधेसी समुदायको अधिकार कटौती गरेर देश बिखण्डनको बिजारोपण गरिएको बताएका छन् । फेरि पनि मधेस र मधेसी समुदायले हक अधिकार नपाए काठमाडौंसँग मधेसको सम्बन्ध टुट्न सक्ने उनले चेतावनी समेत दिए ।

अनलाइनखबर अनलाइनखबर
२०७२ साउन ३ गते १८:१८

Amresh Sing (1)

सुभाषप्रसाद साह

३ साउन, कलैया । नेपाली कांग्रेसका सभासद अमरेशकुमार सिंहले नयाँ संविधानको मस्यौदामा मधेसी समुदायको अधिकार कटौती गरेर देश बिखण्डनको बिजारोपण गरिएको बताएका छन् । फेरि पनि मधेस र मधेसी समुदायले हक अधिकार नपाए काठमाडौंसँग मधेसको सम्बन्ध टुट्न सक्ने उनले चेतावनी समेत दिए ।

आइतबार कलैयामा आयोजित कार्यक्रममा उनले भने, ‘नवगणतन्त्रका नवराजले तयार पारेको मस्यौदामा मधेसी, दलित, जनजाती, महिला, पिछडिएका क्षेत्रसहितका नागरिकको अधिकार काठमाडौंले सुरक्षित गर्न सक्दैन भने काठमाडौंसँग जबरजस्ती नाता जोड्न सकिँदैन ।’

मानव अधिकार संरक्षण संस्थाले आयोजना गरेको संविधानको मस्यौदामा संघियता र मधेसको अधिकार बिषयक बिचार गोष्ठीलाई सम्वोधन गर्दै उनले अधिकारसहितको संविधान नपाए मधेसमा विद्रोह हुने र त्यसलाई कसैले रोक्न नसक्ने धारणा राखे ।

कार्यक्रममा प्राध्यापक बिजयकान्तलाल कर्णले बर्षौंदेखिको एकात्मक शासन प्रणालीलाई विकेन्द्रीकरण गर्ने काम मधेस विद्रोहबाट भए पनि त्यसताका भएको सम्झौता बिपरित संविधानको मस्यौदा आएको बताए ।

पत्रकार चन्द्रकिशोर झाले मधेसको नेतृत्व गर्नेहरु कमजोर भएको देखिए पनि मधेसका मुद्दा कमजोर नभएको बताए । मधेसको मुद्दा सम्बोधन नभए मधेसमा फेरी पनि विद्रोह हुन सक्ने भएकोले त्यस तर्फ सचेत रहन उनले आग्रह गरे ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?