Comments Add Comment

दान गरेको रगतमा खतरनाक जीवाणु

१३ साउन, काठमाडौं । रक्तदानबाट संकलित रगतमा खतरनाक जीवाणुसमेत फेला पर्ने गरेको छ । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार केन्द्र (ब्लड बैंक)ले संकलन गरेको एक हजार आठ सय ६७ युनिट रगतमा जीवाणु भेटिएको हो ।

फाइल तस्वीर
फाइल तस्वीर

आर्थिक वर्ष ०७१/७२ मा संकलित रगतमध्ये ६८ युनिट रगतमा एचआइभी पोजेटिभ, ६ सय १७ युनिट रगतमा हेपाटाइटिस बी, चार सय २२ युनिट रगतमा हेपाटाइटिस सी, सात सय ६० युनिट रगतमा सिफलिसको जीवाणु भेटिएको नयाँ पत्रिकामा खबर छ । यी जीवाणुसहितको रगत कुनै पनि बिरामीलाई दिएमा ज्यान बाँच्नेभन्दा मृत्यु हुने सम्भावना बढी हुन्छ ।

ब्लड बैंककी निर्देशक डा. मनिता राजकर्णिकारले रक्तदाताहरूले आफ्नो रगत परीक्षण नगर्दा समस्या आएको बताइन् । रक्तदानबाट संकलित रगतमा आफूहरूले एचआइभी, हेपाटाइटिस बी र सी तथा सिफलिसको क्विक र एलैजा टेस्ट गर्ने उनको भनाइ छ ।

‘नेपालमा मात्रै होइन, अन्य देशमा पनि यस्ता केस देखिन्छन्, यसैका लागि हामीले संकलित रगतको क्विक टेस्ट र एलैजा टेस्ट गर्छौँ,’ राजकर्णिकारले भनिन्, ‘त्यसमा प्रारम्भिक रिपोर्ट आउनासाथ सम्बन्धित व्यक्तिलाई बोलाई थप परीक्षण अघि बढाउँछौँ । पोजेटिभ देखिएका केसलाई थप परीक्षण गर्छौँ ।’ उनका अनुसार हानिकारक जीवाणु भेटिएको रगत नष्ट गर्ने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment