Comments Add Comment

बैंकको लार्इसन्स खोल्ने तयारी

NRB-Photo१८ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ वर्षदेखि रोकिएको नयाँ बाणिज्य बैंकको लाइसेन्स खुल्ला गर्ने भएको छ । यसै आर्थिक बर्षदेखि नयाँ बाणिज्य बैंकको लाइसेन्स दिने सम्बन्धि अध्ययन सुरु गर्ने तयारी राष्ट्र बैंकले गरेको छ ।

ठूलो पुँजीका बैंक भित्र्याउन र  खुल्ला बजार अर्थतन्त्रमा बैंकको लाइसेन्स रोक्क नमिल्ने भन्दै राष्ट्र बैंकले  ठूलो पुँजी भएका बैंकलार्इ इजाजत दिने  रणनीति बनाएको हो ।  पुँजीको आधार, सम्भाब्यता लगायतका प्राविधिक पक्षको अध्ययन गरेर नयाँ बैंकको इजाजतका बारेमा राष्ट्र बैंकले अाधिकारीक धारणा सार्वजानिक गर्ने प्रवक्ता डा. मीनबहादुर श्रेष्ठले जानकारी दिए ।

नयाँ बैंकको न्यूनतम चुक्ता पूजी १५ अर्ब रुपैयाँको हाराहारीमा राख्ने गरी गृहकार्य  भएको उनले बताए । चालु आर्थिक बर्षको मौद्रिक नीतिमा पूर्वाधार विकास बैंकको लाइसेन्स दिने सम्बन्धि विषेश ब्यवस्था गर्ने उल्लेख गरिएको छ । पूर्वाधार विकास बैंका लागि न्यूनतम चुक्ता पुँजी २० अर्ब रुपैयाँ तोकिएको छ ।

सरकारको बजेट वक्तव्यमा उल्लेख भए बमोजिम पूर्वाधार विकासको क्षेत्रमा काम गर्न राष्ट्रिय स्तरको पूर्वाधार बैंक स्थापनाका लागि अनुमति दिने सम्बन्धमा विशेष नीतिगत व्यवस्था गरिने उल्लेख थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment