+
+
Shares

सप्तरीदेखि पर्सासम्म ‘मधेस-प्रदेश’ नमान्न ओलीलाई दबाव

अनलाइनखबर अनलाइनखबर
२०७२ साउन २२ गते १४:५१

२२ साउन, काठमाडौं । संविधानका विषयवस्तुमाथि बहस भइरहेका बेला नेकपा एमालेभित्रको अर्को एउटा शक्तिले सप्तरीदेखि पर्सासम्मको एउटै मधेस-प्रदेश नबनाउन केपी ओलीलाई दबाव दिएको छ ।


satyanaryan & satrughan

अखण्ड राप्ती र अखण्ड लुम्बिनी भन्दै आएका एमाले नेताहरुले अब सप्तरीदेखि मकवानपुरसम्मलाई मिलाएर छुट्टै प्रदेश बनाइनुपर्ने अर्को माग तेर्स्याएका छन् ।

‘प्रधानमन्त्रीको लोभमा परेर अध्यक्ष ओलीले सप्तरीदेखि पर्सासम्मको तराईलाई एउटै प्रदेश बनाउन सहमति जनाउन लाग्नुभएको छ,’ एमालेका एक उच्च तहका नेताले भने,’ सप्तरी र पर्ससम्मको तराईलाई कुनै पनि हातलमा एकै ठाउँ राख्न हुँदैन ।’

उच्च स्रोतका अनुसार सप्तरीलाई पूर्वी प्रदेशमा राख्नुपर्छ भन्ने प्रस्ताव विजयकुमार गच्छदारको भनिए पनि एमालेको स्थायी कमिटी बैठकमा समेत केही नेताले सप्तरी र सिराहालाई पूर्वी प्रदेशमा राखियोस् भन्ने माग गरेका थिए ।

‘एमाले स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले सप्तरी र सिराहालाई पूर्वाञ्चलमै राखिनुपर्ने बताउनुभएको थियो,’ एमाले स्रोतले अनलाइनखबरसँग भन्यो, ‘सत्रुघ्न महतोहरु पनि सप्तरी-पर्सालाई एकै ठाउँमा राख्न नहुने पक्षमा हुनुहुन्छ ।

एमाले स्रोतका अनुसार एमाले नेता महतोले सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली, उदयपुर र मकवानपुरलाई मिलाएर बेग्लै प्रदेश बनाउन पार्टीमा प्रस्ताव ल्याएका छन् ।

स्रोतका अनुसार एमालेका केही मधेसी सभासदले माधव कुमार नेपाललाई भेटेर सप्तरी, सिरहालाई मधेस प्रदेशमा नराख्न आग्रह गरेका छन् ।

तर, केपी ओलीले आ भैहाल्यो, छाडिदिऔं भन्दै प्रधानमन्त्री बन्ने लोभमा सप्तरी र पर्सासम्मको मधेस प्रदेशमा सहमति गर्न लागेको नेपाल पक्षका एक नेताले अनलाइनखबरसँग गुनासो गरे । उनले भने-‘ओलीले त्यसमा सहमति जनाए दुभाग्य हुनेछ ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?