+
+
Shares

यस्ता छन् कुमार घैंटेका अपराधकर्म

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ ३ गते २१:२५

Kumar-Ghaite

३ भदौ, काठमाडौं । बिहीबार कपुरधारास्थित वालकुमारी मार्गमा प्रहरी इन्काउन्टरमा गुण्डा नाइके कुमार श्रेष्ठ घैंटे मारिए ।

कांग्रेस निकट भनेर चिनिएका घैंटे मारिएपछि कांग्रेस केही नेता आक्रोसित भएका छन् । सभासद जगदिन नरसिंह केसी, धनराज गुरुङ लगायत शिक्षण अस्पताल पुगेका थिए भने केसीले गृहमन्त्रीको आदेशमा घैंटेको हत्या भएको दाबी गरे ।

तर, प्रहरीले भने उनी अपराध कर्ममा रहेको र प्रहरीमाथि गोली हानेपछि जवाफी कारबाहीमा मारिएको दाबी गरेको छ । घैंटे यसअघि काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुमा विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको भन्दै प्रहरीले सूची नै जारी गरेको छ ।

यस्तो छ घैंटेको अपराधकर्म

– मिति २०५५ साल कार्तिक ५ गते २२ः१५ बजेको समयमा वर्ष २१ को प्रेम गुरुङ्ग लाई काठमाडौं २९ मा घैटे भन्ने कुमार श्रेष्ठ र राजु श्रेष्ठले खुकुरी र खुँडा प्रहार गरी ज्यान मार्ने उद्योग मुद्दामा कारवाही भएको ।

– मिति २०६०।०४।१४ गते १२ः०० बजेको समयमा चावहिलमा बस व्यवसायी संघको कार्यालयमा तोडफोड गर्ने कार्यमा संलग्न रही सार्वजनिक अपराध मुद्दामा कारवाही भएको ।

– मिति २०६२।०३।१८ गते राती अन्दाजी १०.०० बजे सामाखुशी स्थित भन्ज्याङ दोहोरी साँझामा म्याग्दी राखु पिप्ले २ घर भई सामाखुशी बस्ने वर्ष ३६ को कुमार मल्ललाई कुटपिट गरेको घटनामा ज्यान मार्ने उद्योग मुद्दामा कारवाही भएको ।

– मिति ०६३।०५।१६ गते राती का.जि.गोंगवु स्थित सोगल डान्स रेष्ट्ररेण्ट अगाडी सडकमा काभ्रे सरमथली ८ घर भई काठमाण्डौ बस्ने विष्णु लामालाई गोली प्रहार गरेको घटनामा ज्यान मार्ने उद्योग मुद्दामा कारवाही भएको ।

– मिति ०६३।०३।१८ गते राती अन्दाजी ०३ः०० बजेको समयमा काठमाडौं २९ सिद्दि गणेश मा.वि.अगाडी वा.१ ज.२३४७ नम्बरको ट्याक्सीमा गई रहेका निज घैंटे भन्ने कुमार श्रेष्ठ समेतले वा.५ च.८८६ नंम्बरको गाडीमा चढेका प्रेम लामा समेतलाई धारीलो हतियार प्रहार गरी घाईते तुल्याएको घटनामा ज्यान मार्ने उद्योग मुद्दामा कारवाही भएको ।

– मिति २०६३।११।२६ गते जिल्ला कास्की पोखरा घर भई का.जि.गल्कोपाखा बस्ने हनेन्द्र सिंहलाई गल्कोपाखामा धारीलो हतियार प्रहार गरी घाईते बनाएको घटनामा ज्यान मार्ने उद्योग मुद्दामा कारवाही भएको ।

मिति २०६५।०७।२४ गते साँझ १७ः३० वजे दरवारमार्गमा अमित लामालाई गोली प्रहार गरी घाईते वनाएको घटनामा ज्यान मार्ने उद्योग मुद्दामा कारवाही भएको ।

घैंटेले सामाखुसी, गोंगबुलगायतका क्षेत्रमा व्यवसायीहरुलाई धक्म्याएर रकम उसुल्दै आएको गुनासो प्रहरीसमक्ष आएको थियो । भूकम्पका बेलामा समेत धम्क्याएर राहत उठाउने र आफूले बाँडेको उजुरी प्रहरीमा आएको थियो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?