+
+
Shares

कांग्रेसका मधेसी सभासदको प्रश्न-हाम्रो घर जल्दैछ, कसले निभाउने ?

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ १६ गते १८:०१

१६ भदौ, काठमाडौं । मधेसी सभासदहरुले पार्टी नेतृत्वमाथि बिभिन्न आरोप लगाउँदै संविधानको विधेयकमा अलग्गै संशोधन हाल्ने चेतावनी दिएपछि कांग्रेस संसदीय दलको बैठक प्रभावित भएको छ ।

bimalendra-nidhi
विमलेन्द्र निधि

विहानको बैठकमा बिमलेन्द्र निधी, फरमुल्लाह मन्सुर, पद्मनारायण चौधरी लगायतले जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण र प्रदेश सीमांकनमा हेरफेर हुनुपर्ने माग गरेका थिए ।

उनीहरुले दलको नेतृत्वले अहिलेसम्म कुन-कुन विषयमा संशोधन हाल्ने भन्ने जानकारी नदिई सभासदलाई अंकुश लगाएको भन्दै फरक संशोधन लैजाने चेतावनी दिएपछि बैठक स्थगित भएको थियो ।

आन्दोलनको निशाना कांग्रेस

मधेसका सभासदहरुले आन्दोलनको निशाना कांग्रेस बन्न थालेको भन्दै यसलाई सम्बोधन गर्न प्रधानमन्त्री सुशील कोइराला सहित पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।

‘मधेसमा हाम्रो घर जलेको छ, पार्टी कार्यालय जलाइदैछन्, हाम्रो सुरक्षा कसले गर्ने हो, मधेशमा लागेको आगो कसले निभाउने हो ?’ मधेसी सभासदको भनाइ थियो, ‘संविधानमा कुन-कुन विषय समेटेर संशोधन गर्ने हो भन्ने जानकारी समेत नदिनु गम्भीर षडयन्त्र हो ।’

अपरान्ह ४ बजेबाट बैठक पुनः बसेपछि त्यसले दलको आधिकारिक धारणा तय गर्ने सभासद रामहरि खतिवडाले बताए । खतिवडाले भने, ‘मधेसका साथीहरुले जनसंख्याका आधारमा निर्वाचन क्षेत्र हुनुपर्छ भनेका छन्, हामी पहाडकाले भूगोललाई पनि आधार बनाउनुपर्छ भनेका छौं ।’

थ्रेस होल्ड, धर्म निरपेक्षता, संवैधानिक अदालत, संवैधानिक अंगका पदाधिकारीको पुनर्नियुक्ति लगायतका विषयमा संशोधन हुने सम्भावना रहेको कांग्रेस नेताहरुले बताएका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?