+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
42/2 (7.6)
VS
विराटनगर किंग्स 2025
0/0
Shares

मधेसी नेता भन्छन्- सरकारले वास्ता गरेन, अब कडा आन्दोलन चर्किन्छ

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ २० गते १८:१२

२० भदौ, काठमाडौं । प्रमुख तीन दलले अघि सारेको संविधानको मस्यौदामा संशोधन गर्ने निर्णयलाई मधेसी मोर्चाका नेताहरुले अस्वीकार गरेका छन् ।

Upendra yadav-1कांग्रेस, एमाले र एमाओवादीले मधेसी मोर्चालाई बेवास्ता गरेको भन्दै मधेसी नेताले थप आन्दोलन चर्काउने गृहकार्य सुरु गरेका छन् ।

प्रमुख तीन दलले बालुवाटारमा सहमति गर्दा मोर्चाका नेताहरु शनिबार साँझ काठमाडौंमा थिएनन् । उपेन्द्र यादव जनकपुरमा थिए भने महन्थ ठाकुर जनकपुर पुगेका थिए । राजेन्द्र महतो कपिलवस्तु पुगेका थिए ।

तीन दलको शनिबार बसेको बैठकले मस्यौदामा संशोधनको प्रक्रियाबाटै अघि बढ्ने निर्णय गरेका छन् । शनिबार नै संविधानसभा सचिवालयमा संयुक्त संशोधन प्रस्ताव दर्ता गरिएको छ ।

आइतबार वीरगञ्जमा रहेका संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले तीनदलको यो निर्णय आँखामा छारो हाल्नका लागि ल्याइएको बताए । उनले वीरगञ्जमा सञ्चारकमीसँग भने ‘संविधानको अन्तरवस्तुमा संशोधन नगरी आँखामा छारो हाल्न खोजिएको छ । संविधानसभाको अधिकार खोसेर आयोगलाई जिम्मा लगाउनु गैर संवैधानिक हो ।’
शनिबार शवयात्रामा सहभागी हुन वीरगञ्ज पुगेका अध्यक्ष यादवले अबको आन्दोलन मधेसमा मात्रै नभई कर्णाली, खम्बुवान र लिम्बुवानमा समेत उठ्ने बताए ।

अहिलेको संविधानको मस्यौदाको कुनै अर्थ नरहेको र बालुवाटारमा बसेर केही नेताले बनाउने संविधान मान्य नहुने बताए ।

त्यसैगरी तमलोपाका नेताले पनि तीन दलको निर्णय अस्वीकार्य भएको बताएका छन् ।

‘यो निर्णय हामीलाई स्वीकार्य छैन, सत्ता पक्षबाट हामीलाई पूरै वेवास्ता गरियो’, तराई मधेस लोकतान्त्रिक पार्टीका सहमहामन्त्री जितेन्द्र सोनलले अनलाइनखबरसँग भने, ‘अब हामी आन्दोलनको रणनीति कस्तो बनाउने भन्ने तय गर्छौं, अब हामीसँग आन्दोलनको विकल्प रहेन ।’

अब मधेसमा कडा आन्दोलनको घोषणा गरिने सोनलले बताए । उनले भने- ‘अब मोर्चाका शीर्ष नेताहरुको बैठकले कडा आन्दोलनका कार्यक्रम ल्याउँछ, यसका लागि तत्कालै मोर्चाको बैठक बस्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?