+
+
Shares

परराष्ट्रमन्त्री-एएनओ प्रतिनिधि भेट : संसारभरका नेपाली मूलका नागरिकलाई पहिचान दिन माग

एशोसिएसन अफ नेपाली ओरिजिन (एएनओ)को अन्तर्राष्ट्रिय कमिटीले विश्वभरका नेपाली मूलका नेपालीलाई नेपालसँग जोड्ने काममा सरकारले पहल गर्न ध्यानार्कषण गराएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ३ गते १९:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एशोसिएसन अफ नेपाली ओरिजिन (एएनओ)को अन्तर्राष्ट्रिय कमिटीले विश्वभरका नेपाली मूलका नागरिकलाई नेपालसँग जोड्ने पहल गर्न सरकारलाई ध्यानाकर्षण गराएको छ।
  • एएनओको प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री बालानन्द शर्मालाई भेटेर नेपाली मूलका नागरिकलाई परिचय पत्र र त्रिभुवन विमानस्थलमा बेग्लै डेस्कको व्यवस्था माग गरेको छ।
  • परराष्ट्रमन्त्री शर्माले एएनओका मागहरूलाई राष्ट्रहितका लागि गम्भीरतापूर्वक लिएर वृहत बैठक गरी निचोडमा पुग्ने आश्वासन दिएका छन्।

३ चैत, काठमाडौं । एशोसिएसन अफ नेपाली ओरिजिन (एएनओ)को अन्तर्राष्ट्रिय कमिटीले विश्वभरका नेपाली मूलका नेपालीलाई नेपालसँग जोड्ने काममा सरकारले पहल गर्न ध्यानार्कषण गराएको छ ।

विश्वभर छरिएका नेपाली मुलका व्यक्तिहरुको संगठन एएनओको अन्तर्राष्ट्रिय प्रतिनिधि मण्डलले मंगलबार परराष्ट्रमन्त्री बालानन्द शर्मालाई भेटेर ध्यानार्कषण पत्र बुझाएको हो ।

एएनओका अन्तर्राष्ट्रिय अध्यक्ष डिल्ली अधिकारी, उपाध्याक्ष सुशील पन्त, महासचिव चुडामणि भट्टराई, नेपाल च्याप्टर अध्यक्ष कृष्णप्रसाद सापकोटा लगायतको प्रतिनिधि मण्डलले विश्वभर छरिएका पुस्तौँपुस्तादेखिका नेपाली मुलका नागरिकलाई परिचय पत्रको व्यवस्था गर्न एवं त्रिभुवन विमानस्थलको आगमन कक्षमा बेग्लै डेस्क खडा गर्न समेत माग गरेको छ ।

साथै पूर्वी नेपालका विभिन्न शिविरमा बाँकी रहेका झण्डै ७ हजार भुटानी शरणार्थीहरूको मानव अधिकार तथा मानवीय दृष्टिकोणबाट उचित व्यवस्थापन गर्नुपर्ने माग पनि प्रतिनिधिमण्डलको छ ।

आफूहरुले नेपाल भन्दा बाहिर नेपाली पहिचानको विस्तारमा सहयोग पुर्‍याइरहेको बताउँदै एएनओका अध्यक्ष डिल्ली अधिकारीले नेपाल सरकार सहयोगी बनेमा नेपालको बार्षिक बजेट भन्दा ठूलो लगानी नेपालमा ल्याउन सकिने जानकारी दिए ।

वरिष्ठ अधिवक्ता तथा एएनओका उपाध्यक्ष सुशीलकुमार पन्तले नेपालीमन र नेपाली पनलाई जोड्दै एएनओ अघि बढेको बताउँदै सरकारले यो विषयलाई राष्ट्रहितका लागि गम्भीर रुपमा लिन आग्रह गरेका थिए ।

ध्यानाकर्षण पत्र ग्रहण गर्दै परराष्ट्रमन्त्री शर्माले एएनओका मागहरु नेपालकै पहिचान विस्तारमा सघाउने प्रकृतिको भएकाले सरोकारवाला निकाय राखेर छिट्टै  वृहत बैठक गर्ने र निचोडमा पुग्ने आश्वासन दिए ।

उननले आफू सैनिक सेवामा रहँदा पुस्तौअघि बाहिरिएका नेपाली मूलका मानिसहरु भेट्ने अवसर पाएको अनुभव सुनाउँदै उनीहरूलाई पुर्ख्यौली देशसँग जोड्ने सार्थक अभियान अघि बढ्ने विश्वास व्यक्त गरे ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?