News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं महानगरपालिका-१४ बाट ५५ वर्षीया मिना घिमिरेलाई अस्ट्रेलिया पठाइदिन्छु भन्दै १२ लाख रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ गरिएको छ।
- काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले मिना घिमिरेलाई पक्राउ गरी वैदेशिक रोजगार विभाग ताहाचल पठाएको छ।
३ चैत, काठमाडौं । वैदेशिक रोजगारीका लागि अस्ट्रेलिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा काठमाडौंबाट एक महिला पक्राउ परेकी छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले काठमाडौं महानगरपालिका-१४ बाट ५५ वर्षीया मिना घिमिरेलाई पक्राउ गरेको हो ।
काठमाडौं महानगरपालिका-३२ की घिमिरेले पीडितसँग १२ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको उजुरीपछि उनी पक्राउ परेकी हुन् ।
प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार पक्राउ परेकी घिमिरेलाई आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4