+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

सप्तरीमा कांग्रेस पार्टी कार्यालयमा आगजनी

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ २७ गते १७:३१

Nc-office-aagjani

एस.के शान

२७ भदौ, सप्तरी । मधेसी मोर्चाका कार्यकर्ताले आइतबार राति नेपाली कांग्रेस सप्तरीको कार्यालयमा तोडफोड तथा आगजनी गरेका छन् ।

मोर्चा कार्यकर्ताहरुले सदरमुकाम राजविराजस्थित कांग्रेस पार्टी कार्यालयमा राति ७ बजेतिर आगजनी गरेका हुन् । आगजनीबाट कार्यालयका सम्पूर्ण फर्निचरहरु जलेर नष्ट भएको छ ।

कार्यालयको ताला तोडेरभित्र पसेका मोर्चा कार्यकर्ताहरुले त्यहाँ रहेका फर्निचरहरु बाहिर ल्याएर आगजनी गरेका हुन् । कार्यालयभित्र रहेको कुर्सी र टेबुल तथा पार्टीको बोर्ड र झण्डा बाहिर ल्याएर जलाइएको हो ।

प्रदर्शनकारीले कार्यालयभित्र पनि आगजनी गरेका छन् । यद्यपी भित्र कुनै पनि क्षति भने भएको छैन । पार्टी कार्यालयमा आगजनी भएको बरिब १० मिनेटपछि पुगेको प्रहरीले एक राउण्ड हवाई फायर तथा दुई राउण्ड अश्रु ग्यास प्रहार गरेको छ ।

प्रहरीले कांग्रेस पार्टी कार्यालयबाट प्रहार गरेको अश्रु ग्यास पुनरावेदन अदालतको गेट अगाडि गएर खस्दा व्यापारीहरु पसल बन्द गरेर भागेका थिए । अहिले राजविराजको अवस्था सामान्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?