+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
147/6 (20)
VS
विराटनगर किंग्स 2025
0/0
Shares

उपेन्द्र यादवको प्रश्न : बिहेको कार्ड पठाएर दुनियाँमा कहाँ वार्ता भएको छ ?

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ २८ गते १८:१८

Upendra yadav-1

२८ भदौ, काठमाडौं । आन्दोलनरत संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले बिहेको निम्तो गरेजसरी कार्ड पठाएका भरमा वार्ता नहुने बताएका छन् ।

आफूहरु अहिले पनि वार्ताको पक्षमा रहेको यादवले जनाऊ दिएका छन् ।  ‘हामी अहिले पनि वार्ताका लागि तयारै छौं, यादवले अनलाइनखबरसँग कुरा गर्दै भने, ‘तर, सरकार वार्ताका लागि सिरियस छैन, ऊ वार्ता चाहँदैन, दमन गरेर शासन चलाउन चाहन्छ ।’

वार्ताका लागि वातावरण बनाउनुको साटो एकलौटी ढंगले संविधान जारी गरेर अघि बढ्न खोज्दा मुलुकको परिस्थिति थप जटिल बनेको र देश द्वन्द्वतिर धकेलिएको यादवले बताए ।

‘सरकारले वार्ताको वातावरण बनायो भने हामीले अहिले पनि वार्तामा बस्दैनौं भनेका छैनौं,’ यादवले अनलाइनखबरसँग भने, ‘बिहेको निम्तो पठाएजसरी कार्ड पठाएर वार्तामा आऊ भनेका भरमा वार्ता हुँदैन, यसका लागि सरकारले तयारी गर्नुपर्छ, विगतमा भएका सहमति कार्यान्वयन हुने नहुने ठोस रुपमा आउनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?