+
+
Shares

माउन्टेन ड्यु नेपालको ‘पिक्स अफ करेज’ अभियानले जित्यो ग्रान्ड अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ६ गते १७:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • माउन्टेन ड्युले 'पिक्स अफ करेज' अभियानमार्फत स्पाइक्स एसिया २०२६ मा ४ अवार्ड जितेको छ।
  • नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा सुरु गरिएको अभियान डिस्कोभरी च्यानलबाट विश्वव्यापी रूपमा प्रवर्द्धन गरिएको थियो।
  • यस अभियानले २ करोड मानिससम्म पहुँच पुर्‍याउँदै २ हजारभन्दा बढी मौसमी रोजगारी सिर्जना गरेको छ।

६ चैत, काठमाडौं । माउन्टेन ड्युले आफ्नो ‘पिक्स अफ करेज’ अभियानमार्फत ठूलो उपलब्धी हासिल गर्दै स्पाइक्स एसिया २०२६ मा ४ प्रतिष्ठित अवार्ड जित्न सफल भएको छ ।

जसमा एक्टिभेसन श्रेणीमा ग्रान्ड प्राइज, इन्नोभेसनमा सिल्भर र क्रियटिभ डेटा तथा ब्रान्ड एक्स्पेरियन्समा ब्रोन्ज अवार्ड समावेश छन् ।

नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा सुरु गरिएको यो अभियान डिस्कोभरी च्यानल मार्फत विश्वव्यापी रूपमा प्रवर्द्धन गरिएको थियो । नेपालमै सुरु भएको ब्रान्ड अभियानले अन्तर्राष्ट्रियस्तरमै पहिचान पाउनु महत्त्वपूर्ण उपलब्धी रहेको कम्पनीले जनाएको छ।

‘यस अभियानले क्यूआर प्रविधि, डिजिटल प्लेटफर्म र डेयर स्कोर जस्ता नवप्रवर्तनमार्फत एभरेष्ट बाहेकका हिमालहरूको सम्भावना उजागर गर्दै नेपालको पर्वतारोहण कथालाई नयाँ ढंगले प्रस्तुत गरेको छ’ कम्पनीले एक विज्ञप्तिमा भनेको छ ।

सन् २०२५ मा सुरु भएको यस अभियानले टीभी, डिजिटल र इन्फ्लुएन्सर प्लेटफर्ममार्फत करिब २ करोड मानिससम्म पहुँच पुर्‍याएको छ । साथै, करिब ४ लाख माइक्रोसाइट अन्तरक्रियामार्फत प्रयोगकर्तालाई वास्तविक अभियान योजनातर्फ आकर्षित गरेको छ ।

‘यस अभियानले माउन्ट एभरेष्ट बाहेक अरु हिमालका अभियानलाई प्रोत्साहन दिएको छ’ कम्पनीले भनेको छ ‘२ हजार भन्दा बढी मौसमी रोजगारीका अवसर सिर्जना गर्दै स्थानीय समुदायको जीविकोपार्जनमा योगदान पुर्‍याएको छ।’

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?