+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

लैनचौरमा मधेसी मोर्चाका नेता र जयसंकरवीच छलफल

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज १ गते २०:४५

१ असोज, काठमाडौं । भारतका विशेष दूतका रुपमा नेपाल आएका विदेश सचिव एस. जयशंकरले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुसँग छलफल गरेका छन् ।

s jaisankarविदेश सचिवसँगको भेटका लागि मधेसी मोर्चाका नेताहरु भारतीय दूतावास लैनचौर पुगेका थिए ।

भेटमा विदेश सचिव जयशंकरले आन्दोलन कस्तो हो ? के-के माग छन् भनेर प्रश्न गरेका थिए ।

‘हामीले हाम्रो माग प्रष्ट पार्‍यौं, हामीसँग भएको सहमति नयाँ संविधानमा नसमेटिएकाले आन्दोलन गरेको कुरा राख्यौं’ सद्भावनाका सहअध्यक्ष लक्ष्मणलाल कर्णले अनलाइनखबरसँग भने ।

मधेसमा अहिलेसम्म ४१ जनाको मृत्यु भइसकेको तथा विभिन्न जिल्लामा कर्फ्यू र दंगाग्रस्त क्षेत्र रहेको भन्दै मधेसी नेताहरुले मधेसमा सरकारले अन्यायपूर्ण काम गरेको गुनासो गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?