+
+

पोखरा फाइनान्सको ५१ प्रतिशत लाभांस पारित

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २० गते ११:३३

२० असोज, काठमाडौं । सेयरधनीलाई ५१ प्रतिशत लाभांस दिने प्रस्ताव पोखरा फाइनान्सको सञ्चालक समितिले पारित भएको छ । फाइनान्सलाई ४८.५० प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने कर प्रयोजनका लागि २.५ प्रतिशत नगद लाभांस वितरणका लागि नियामक नेपाल राष्ट्र बैंकले pokhara financeस्वीकृत दिएको छ ।

स्वीकृत लाभांस संस्थाको आगामी १९औं वाषिर्क साधारणसभाले अनुमोदन गरेपछि मात्रै वितरण गरिनेछ । यो बर्ष सेयरधनीलाई राम्रो नाफा दिन सफल भएको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार गुरुङले बताए ।

बोनस सेयर वितरणपश्चात कम्पनीको चुक्ता पुँजी ४९ करोड ११ लाख १९ हजार रुपैयाँ पुग्ने छ । आर्थिक वर्ष २०७१/०७२ सम्म संस्थाले २ अर्ब ७१ करोड ५६ लाख रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ३० करोड ३७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

यस अवधिमा कम्पनीले १५ करोड ६३ लाख ३९ हजार रुपैयाँ नाफा कमाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?