+

महिलामा पिसाबको संक्रमण किन धेरै हुन्छ ?

२०८० असोज  ५ गते १४:५८ २०८० असोज ५ गते १४:५८
महिलामा पिसाबको संक्रमण किन धेरै हुन्छ ?

एक अध्ययनअनुसार अमेरिकामा हरेक वर्ष करिब डेढ लाख मानिसलाई पिसाबसम्बन्धी समस्याले सताउँछ । विश्वभर हरेक वर्ष करिब डेढ करोड मानिसले यसको उपचार गराउँछन् ।

पिसाबथैली सुन्निनुलाई चिकित्सकीय भाषामा ‘सिस्टिटिस’ भनिन्छ । यसलाई युरिनरी ट्र्याक्ट इन्फेक्सन अर्थात् यूटीआई भनिन्छ, जुन धेरैजसो अवस्थामा ब्याक्टेरियाबाट हुने संक्रमणले हुन्छ । यो तब हुन्छ जब पिसाबथैली (मूत्रमार्ग) र यसको पाइप (ट्र्याक्ट) संक्रमित हुन्छ ।

यूटीआई सामान्य रोग हो । यो नवजात शिशुदेखि वृद्धवृद्धासम्म जुनसुकै उमेरका व्यक्तिलाई लाग्न सक्छ । अध्ययनले के निष्कर्ष निकालेको छ भने यूटीआई पुरुषमा भन्दा महिलामा बढी देखिन्छ । महिलामा यसको संक्रमण हुने सम्भावना ६० प्रतिशत हुन्छ भने पुरुषमा १३ प्रतिशत मात्रै ।

एक जना गृहिणीले घरको कामले गर्दा आफ्नो स्वस्थमा ध्यान दिन नसकेको बताएकी छन् । जसकारण बारम्बार पिसाब पोल्ने समस्या झेल्दै आएको उनी सुनाउँछिन् । त्यसपछि औषधि खाएर करिब एक महिना निको भएको जस्तो भयो र पछि फेरि बल्झिएको उनले बताइन् । यसपछि योग, प्राणायाम गर्दा अहिले राहत मिलेको उनको अनुभव छ ।

३७ वर्षीया शिक्षिकाले बारम्बार पिसाब पोल्ने समस्या भोग्दै आएको बताएकी छन् । विद्यालयमा शौचालयको राम्रो व्यवस्था नभएपछि सरसफाइमा ध्यान दिने वातावरण नहुँदा यस्तो समस्या भोग्नुपरेको उनी सुनाउँछिन् । त्यसक्रममा आफूलाई सुरुसुरुमा अलिअलि पेट दुखेको र पछि एकदमै धेरै दुख्न थालेको उनले सुनाइन् । विद्यालयमा हाफ छुट्टी लिएर जाँच गराएर एन्टीबायोटिक सेवन गरेपछि आराम मिलेको उनको अनुभव छ ।

महिलामा टीआईको समस्या धेरै हुनुको कारण

मूत्रनली वा पिसाबथैलीमा व्याक्टेरियाको संक्रमणले यूटीआईको समस्या हुन्छ । यो महिला र पुरुष दुवैलाई हुन सक्छ ।

शारदा मेडिकल कलेज ग्रेटर नोएडाका सिनियर रजिस्टर्ड चिकित्सक तनुज लवानियाका अनुसार पुरुषमा भन्दा महिलामा यसको सिस्टिटिस हुने सम्भावना बढी हुन्छ । ‘महिलाको मूत्रमार्ग पुरुषको तुलनामा सानो हुन्छ । लगभग २० सेमीमिटर,’ डा. लावानिया भन्छन्, ‘जब महिलामा ब्याक्टेरियाको संक्रमित हुँदा व्याक्टेरिया पिसाबथैलीबाट भित्र छिर्ने सम्भावना बढी हुन्छ । त्यसैले १० प्रतिशत महिलालाई कम्तीमा एकचोटि सिन्टिटिस हुन्छ । धेरैजसो बारम्बार भइरहने समस्या हुन्छ ।’

युनिभर्सिटी कलेज लण्डनको सेन्टर फर युरोलोजिकल बायोलोजीकी प्रमुख जेनिफर रोन भन्छिन्, ‘यदि यूटीआईलाई बेवास्ता गरियो भने संक्रमण मिर्गौलामा फैलिन सक्छ । यूटीआई सामान्यतया ई. कोली ब्याक्टेरियाको संक्रमणको कारणले हुन्छ, यद्यपि अन्य धेरै ब्याक्टेरिया पनि संक्रमणको कारण हुन सक्छ ।’

टीआईको लक्षण

डा. तनुजका अनुसार महिलामा धेरै लक्षण हुन सक्छ । बारम्बार पिसाब गर्न लाग्ने, पिसाब गर्दा जलन वा धेरै दुख्ने, पिसाब गर्दा योनांगको छालामा पोलेको महसुस हुने, पिसाबमा रगत देखिने, लामो समयसम्म यी लक्षणलाई बेवास्ता गरेमा महिलामा उच्च ज्वरो लक्षण हुन सक्छ ।

डाक्टरले के परीक्षण गर्छन् ?

डा. तनुज भन्छन्, ‘यस्तो क्लिनिकल इन्क्वायरीमा यूटीआई भएको शंका भएमा महिलालाई सुरुमा पिसाब परीक्षण गर्न लगाउँछौं । जसमा युरिनमा माइक्रोस्कोपी र कल्चर परीक्षण गरिन्छ ।

जसमा रुटिन माइक्रोस्कोपबाट संक्रमण के कारणले भएको भनेर हेरिन्छ । ब्याक्टेरियाबाट हो कि फंगसबाट भएको हो भनेर थाहा हुन्छ । जबकि कल्चरमार्फत कुन ब्याक्टेरियाबाट भएको हो भन्ने थाहा हुन्छ जसले गर्दा त्यससँग सम्बन्धित औषधि दिन सकिन्छ ।

डा. तनुज लवानिया

महिलामा संक्रमण हुने अरु कारण

डा. तनुज थप्छिन्, ‘यूटीआई सबै उमेर समूहमा देखिने भए पनि विवाहित महिलामा बढी देखिन्छ । त्यस्तै कम पानी पिउने र लामो समयसम्म पिसाब च्याप्ने महिलामा पनि यसको जोखिम बढी हुन्छ । किनभने यसले ब्याक्टेरिया जम्मा हुने मौका दिन्छ । यसबाहेक जसले जेट स्प्रेको बढी प्रयोग, सरसफाइका लागि रासायनिक पदार्थ प्रयोग, बारम्बार अन्डरगार्मेन्ट परिवर्तन नगर्ने, सरसफाइको पूर्ण ख्याल नगर्नेलाई बढी हुन सक्छ ।’

गर्भावस्थामा र मधुमेह भएका महिलालामा यूटीआई संक्रमणको जोखिम बढी हुन्छ । यो रजोनिवृत्तिपछि पनि हुन सक्छ किनभने योनीमा अनुकूल ब्याक्टेरियाको संख्या कम हुन्छ ।

बारम्बार यूटीआ संक्रमण भएमा

डा. तनुज भन्छिन्, ‘बारम्बार यूटीआई इन्फेक्सन भएमा महिलाको अल्ट्रासाउन्ड परीक्षण गरिन्छ । यसमा मिर्गौला र मिर्गौलाको नली (युरेटर) ठीक छ कि छैन भनेर हेर्ने गरिन्छ । मिर्गौला वा पिसाबथैलीमा पत्थरी छ भने युरिन इन्फेक्सन पनि हुन्छ ।’

टीआईले वृद्ध व्यक्तिमा कस्तो समस्या ल्याउँछ ?

विश्वमा हरेक वर्ष लगभग डेढ करोड मानिसलाई यूटीआई संक्रमण हुन्छ । जसमा धेरैजसो वृद्ध पुरुष पर्छन् । ‘उमेर बढ्दै गएपछि पिसाब गर्दा पोल्ने, ज्वरो आउने, ढाडको तल्लो भागमा दुख्ने, पिसाब गन्हाउने जस्ता सामान्य लक्षण देखिन्छन्,’ यसको कारणबारे डा. तनुज भन्छिन्, ‘पुरुषको प्रोस्टेट ग्रन्थिको आकार बढ्यो भने पिसाब थैलीमा दबाब पर्छ । यसले पिसाबको प्रवाह कम हुन्छ । जसकारण उनीहरुलाई यूटीआई हुने सम्भावना छ ।’

महिलामा भन्दा पुरुषमा हुने यूटीआई बढी गम्भीर हुने उनी बताउँछिन् । यस्तो अवस्थामा अस्पताल नै भर्ना गर्नुपर्ने हुन सक्छ । यस्ता लक्षण देखिएमा चिकित्सकलाई जाँच गराएर मात्र औषधि खानुपर्छ । चिकित्सकको सल्लाहबिना औषधि खान नहुने उनी बताउँछिन् ।

टीआई रोक्न के गर्ने ?

यूटीआईको संक्रमण हुन नदिन खानपानमा ध्यान दिने, रोगप्रतिरोधात्मक क्षमता बलियो बनाउने उपाय अवलम्बन गर्ने चिकित्सकको सल्लाहबिना एन्टिबायोटिक औषधि प्रयोग नगर्ने, प्रशस्त पानी पिउने, कम्तीमा दैनिक दुईदेखि तीन लिटर पानी पिउने गर्नुपर्छ ।

त्यस्तै यौनसम्पर्क गर्दा कण्डमको प्रयोग गर्ने, कण्डम प्रयोग गर्ने अवस्था नभएमा महिलाले यौनसम्पर्क गरेपछि तुरुन्तै पिसाब फेर्ने र यौनांग पानीले धुने गर्नुपर्छ । सार्वजनिक शौचालय प्रयोग गर्नुअघि शौचालयको प्यान पानीले सफा गर्नुपर्छ ।

बीबीसी हिन्दीबाट अनुदित

पिसाबको संक्रमण यूटीआई स्वास्थ्य
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय