+

कान पाक्ने समस्याले मस्तिष्कसम्म असर गर्न सक्छ  : डा. अरुण केसी (भिडियो)

२०८० असोज  ४ गते १८:५९ २०८० असोज ४ गते १८:५९
कान पाक्ने समस्याले मस्तिष्कसम्म असर गर्न सक्छ  : डा. अरुण केसी  (भिडियो)

वीर अस्पतालको इएनटी विभागमा अरुण केसी अक्सर विरामीहरुले घेरिएर रहेका भेटिन्छन् । नाक, कान, घाँटीको समस्या लिएर आउनेहरुको त्यहाँ ताँती हुन्छ । त्यसमध्ये पनि कान पाकेको समस्या अधिकांशमा देखिने डा. केसी बताउँछन् ।

‘पहाडदेखि तराईसम्मका धेरै मान्छेमा कान पाक्ने समस्या छ’ डा. केसी सुनाउँछन्, ‘अझ दुर्गममा त यो विकराल छ ।’ कान पाक्नुलाई नाकको सिँगान आउनु जत्तिकै सामान्य ठान्ने प्रवृत्ति देखिएको उनी बताउँछन् ।

कान पाक्ने समस्याको उपचार सहज छ । तर, जब यो समस्यालाई बेवास्ता गरिन्छ र पटक पटक कान पाक्ने भइरहन्छ, त्यसले ठूलो समस्या ल्याउँछ । यसले कानको श्रवण क्षमता गुम्नेदेखि मस्तिष्कसम्म असर गर्ने डा. केसी बताउँछन् ।

यसै सेरोफेरोमा डा. केसीसँग हामीले कान पाक्ने समस्या, त्यसको अवस्था र उपचारबारे कुराकानी गरेका थियौं ।

कानमा देखिने सबैभन्दा साझा समस्या के हो ?

कानमा देखिने साझा समस्याभनेको कान पाक्ने रोग हो । विशेषत कान पाक्ने समस्या दुई किसिमको हुन्छ । एउटा कानको जालीमा समस्या । जस्तै कानको जाली फाट्ने, जालीमा प्वाल पार्ने । अर्को भनेको कुनै कारणवस कानको हड्डी कुहिने, खिइने समस्या । कानको जाली फाटेर लामो समयसम्म संक्रमण भइरह्यो भने कानको भित्री हड्डी खिइने जोखिम हुन्छ ।

कस्तो व्यक्ति बढी जोखिममा ?

कान पाक्ने समस्या देशको सबैतिर देखिन्छ । सामान्य सचेतनाको अभावले कान पाक्ने समस्या निम्त्याएको छ । कान कोट्याउने, बल गरेर सिँगान निकाल्ने, कानमा तेल हाल्ने प्रवृत्ति भएकालाई कान पाक्ने समस्या हुनसक्छ । यस्तो समस्या शिशुमा पनि देखिन्छ । आमाले सुताएर दूध चुसाउँदा पनि कान पाक्ने समस्या सुरु हुन्छ ।

कान चिलाउँदा, दुख्दा कतिपयले कान कोट्याउने गर्छ । यसरी कोट्याउँदा कानमा जाली पर्न सक्छ । त्यही जालीबाट पानी पस्छ र संक्रमण हुन्छ । यसरी बिस्तारै कान पाक्ने समस्या सुरु हुन्छ ।

कान कसरी पाक्छ ?

कुनै लापरवाहीले, दुर्घटनाले गर्दा कारणवस् कानको जालीमा प्वाल प¥यो भने कानको संक्रमण भइरहने हुन्छ । पानीमा भिज्दा वा नुहाउँदा कानमा सजिलै पानी पस्छ । यसले कानभित्र संक्रमण सुरु हुँन्छ । यस्तै नाक, कान र घाँटी एकअर्कासँग जोडिएका हुन्छन्, जसले गर्दा पटकपटक रुघाखोकी लाग्दा कानमा संक्रमण हुनसक्छ । रुघा लाग्दा जब बल गरेर सिँगान निकाल्छौं, त्यसबेला कान र नाकको पछाडि  जोड्ने नलीबाट संक्रमण कानमा जान सक्छ ।

कान पाक्नेसँगै कानको भित्र रहेको हड्डी खिइने समस्या पनि हुनसक्छ । खासगरी कोलिसिटा भन्ने एक किसिमको रोगले गर्दा हड्डी खिइने गर्छ । यो रोग लाग्दा विभिन्न रसायन निस्कने गर्छ, त्यसैले हड्डी खिइने गर्छ । यो हड्डी मस्तिष्कको नजिक हुने भएकाले समयमै उपचार भएन भने त्यसको असर मस्तिष्कसम्म पर्न सक्छ ।

कान पाक्ने समस्या आम हो र यसको उपचार पनि सहज छ । तर, यसलाई बेवास्ता गरिरह्यो भने कान पाक्ने समस्याले जटिल अवस्था ल्याउँछ । अक्सर मान्छेहरु कान पाक्ने समस्या जटिल भएपछि मात्र अस्पताल आउने प्रवृत्ति छ ।

यदि उपचार गरिएन भने के कस्तो संकट ल्याउन सक्छ ?

कान पाक्ने समस्या भएमा चाडै उपचार गराउनु पर्छ । यदि उपचारमा ढिलाई हुँदै गयो र जटिलता बढ्दै गयो भने मृत्युसम्म हुन सक्ने खतरा हुन्छ ।

कान पटक पटक पाकिरह्यो भने कानको श्रवण क्षमता कमजोर हुँदै जान्छ । चक्कर लाग्ने हुन्छ । यस्तै कानको नजिकको अंग मुखमा संक्रमणको असर भएमा मुख बाङ्गो हुनसक्छ । कानको भित्री भागमा पिप जम्ने र त्यो मस्तिष्कसम्म पुग्ने खतरा हुन्छ ।

कानको जाली कसरी फाट्छ ?

कानको जालीका ३ तह हुन्छन् । यी ३ वटै तह एकैपटक फाट्दैन । सुरुमा जालीमा संक्रमण हुन्छ । संक्रमणले पिप जम्छ, जसको चापले जाली फुटेर बाहिर आउँछ । सोही क्रम पटकपटक भैरहेमा कानको जालीमा सुरुमा प्वाल पर्ने र बन्द हुँदै विस्तारै स्थायी रुपमा प्वाल पर्छ ।

त्यस्तै, अर्को भनेको कान र घाँटीलाई जोड्ने एउटा नली हुन्छ । त्यस नलीले राम्रोसँग चापलाई सन्तुलनमा राख्न नसक्दा पनि फाट्छ । यसले जाली पातलो हुने, जाली भित्तामा टाँसिने जस्ता समस्या आउँन सक्छ ।

कहिले काहीँ चोटपटक लाग्दा जस्तै, बेस्सरी झापड हान्ने, सडक दुर्घटना हुँदा कानमा चोट लाग्ने जस्ता आकस्मिक समस्याले पनि कानको जाली फाट्न सक्छ ।

कान पाक्ने समस्याको उपचार के छ त ?

कान पाक्ने समस्याको प्रकृति,  फैलावट र जटिलता  हेरेर उपचार प्रक्रिया सुरु हुन्छ । समस्या त्यति जटिल छैन भने औषधि उपचार गरेर ठीक हुनसक्छ । जस्तै कान दुखेर पछि कान पाक्ने समस्या भए औषधिले ठिक हुन्छ । तर, लामो समयसम्म कान पाक्ने समस्या, जाली फाटिसकेको, हड्डी खिइएको, जालीमा स्थायी प्वाल भएमा शल्यक्रिया जरुरी हुनसक्छ ।

जाली मात्र फाटेमा सामान्य किसिमको शल्यक्रिया गरिन्छ । शल्यक्रिया विना चिरफार गर्ने प्रविधि पनि अहिले उपलब्ध छ । यसरी शल्यक्रिया गरेपछि सोही दिन डिस्चार्ज गरिन्छ ।

साथै, कानको जाली मात्र प्वाल परेको भएमा सामान्य शल्यक्रिया पछि निको हुने सम्भावना ९५ प्रतिशत हुन्छ ।

कानलाई समस्याआउँननदिनके गर्ने ?

–  कानको समस्याबारे सचेतना जरुरी

–  कान नकोटाउने

–  जथाभावी तेल जस्ता तरल पदार्थ  नहाल्ने

–  सानो बच्चालाई सुताएर स्तनपान नगराउने

–  कानको सामान्य लागेको समस्यामा पनि चिकित्सकको परामर्श लिने

डा.अरुण केसी
डा. अरुण केसी
लेखक
डा. अरुण केसी
नाक, कान, घाँटीरोग विशेषज्ञ

डा. केसी वीर अस्पतालको नाक कान घाँटीरोग विभागमा कार्यरत छन् । उनले सीएमएस र एमएस गरेका छन् । उनको मेडिकल काउन्सिल दर्ता नम्बर ६४१४ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

गर्भावस्थामा के-के गर्नुहुँदैन ? (भिडियो)

गर्भावस्थामा के-के गर्नुहुँदैन ? (भिडियो)

थाइराइडमा मोटोपनसँगै निम्तिन सक्ने ८ समस्या

थाइराइडमा मोटोपनसँगै निम्तिन सक्ने ८ समस्या

भिटामिन ईको कमी हुँदा शरीरमा के हुन्छ ?

भिटामिन ईको कमी हुँदा शरीरमा के हुन्छ ?

धुम्रपान सुरु गर्ने ‘गेट वे’ बन्दैछ ई-सिगरेट

धुम्रपान सुरु गर्ने ‘गेट वे’ बन्दैछ ई-सिगरेट

गर्मीसँगै सक्रिय हुँदैछ कोभिड, कारण के हो ?

गर्मीसँगै सक्रिय हुँदैछ कोभिड, कारण के हो ?

आईभीएफबाट जन्माइएका शिशु कति स्वस्थ हुन्छन् ?

आईभीएफबाट जन्माइएका शिशु कति स्वस्थ हुन्छन् ?