+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

राजेन्द्र महतो भन्छन् : चीन हाम्रो दुश्मन

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक १२ गते १७:५८

Rajendra-mahato

१२ कात्तिक, काठमाडौं । नेपालले चीनसित पेट्रोलियम आपूर्तिसम्वन्धी सम्झौता गरेपछि मधेसवादी मोर्चामा छटपटी पैदा भएको छ । चीनबाट पेट्रोलियम पदार्थ आउन थालेपछि आफूहरुले जारी राखेको भारतीय नाका केन्द्रित आन्दोलन सुक्ने त्रास पैदा भएको छ उनीहरुमा ।

मधेसी मोर्चाका एक प्रमुख नेता तथा सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले नेपालसित तेल आपूर्तिको सम्झौता गरेर चीनले आफूहरुसित दुश्मनी मोलेको आरोप लगाए ।

महतोले अनलाइनखबरसँग भने, ‘यो सम्झौता मधेस आन्दोलनलाई मत्थर बनाउने षडयन्त्र हो । अब हामी चीन विरोधी प्रदर्शन व्यापक बनाउछौं ।’

केही दिनअघि महतोकै डिजाइनमा मधेसी मोर्चाका कार्यकर्ताले चीनको झण्डा जलाउने काम गर्दा मोर्चाभित्रै विवाद भएको थियो । मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले विज्ञप्ति नै निकालेर छिमेकी देशको झण्डा जलाउने कार्यमा असहमति जनाएका थिए । तर, महतोले भने फेरि पनि झण्डा जल्न सक्ने चेतावनी दिएका छन् ।

महतोले अनलाइनखबरसितको कुराकानीमा चीनलाई यसरी लल्कारे, ‘राज्यलाई दबाव दिनका लागि हामी भारतीय नाकाहरुमा बसेर आन्दोलन गरिरहेका छौं । चीनले नेपालसित गरेको सम्झौता हामीले गरेको नाकाबन्दी तुहाउने षडयन्त्र हो । त्यसैले चीन मधेस र मधेसी जनताको दुश्मन बनेको छ । अब मोर्चाले चीनका विरुद्ध प्रदर्शन व्यापक बनाउनेछ ।’ उनले अहिलेसम्म गरिएका चीनविरोधी प्रदर्शन सांकेतिक मात्रै भएको भन्दै अब घोषित आन्दोलनमै जाने संकेत गरे ।

‘विगतमा पनि मधेसी जनता आक्रोशित भएर चीनको झण्डा जलाएका हुन् । त्यस्तो कार्य फेरि पनि हुन सक्छ,’ महतोले भने ।

भारतसितको नाकामा जस्तै चीनको नाकामा गएर पनि अवरोध गर्नुहुन्छ कि भन्ने प्रश्नमा भने उनी अलिकति हच्किए । उनले भने, ‘चीनको नाकामा गएर प्रदर्शन गर्न हामीलाई गाह्रो छ । तर, जनजाति, थारु साथीहरुले गछौर्ं भनिरहनुभएकोछ, हामी उहाँहरुलाई सहयोग पुर्‍याउँछौं ।’

सरकार उदासीन

तराईका विभिन्न स्थानमा मोर्चाका कार्यकर्ताले चीन विरोधी नारा लेखिएका ब्यानर बोकेर प्रदर्शन गर्ने क्रम सुरु हुँदा सरकार भने उदासिन बनिरहेको छ । धनुषा, सिराहा बारा लगायत जिल्लामा ‘ब्याकअफ चाइना’ लेखिएका ब्यानरहरु बोकेर प्रदर्शन गरिएको थियो । तर, प्रहरी र प्रशासनले उनीहरुलाई कुनै हस्तक्षेप गरेन ।

सरकारका प्रवक्ता तथा कानूनमन्त्री अग्नी खरेलले चीन विरोधी प्रदर्शनका विषयमा सरकारले निर्णय लिन बाँकी रहेको बताए । उनले अनलाइनखबरसित भने, ‘चीनसित सम्झौता हुँदा उहाँहरु उत्तेजित हुनु आवश्यक छैन, छिमेकी मुलुकविरुद्ध आफ्नो भूमि प्रयोग नहोस् भन्नेतर्फ हामी सचेत छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?