Comments Add Comment

त्रिपक्षीय वार्ता अघि भारतीय राजदूतले प्रधानमन्त्री र कोइरालालाई भेटे

Ranjit ray

१३ मंसिर, काठमाडौं । तरार्इ मधेसमा आन्दोलनरत मधेसी मोर्चासहितको त्रिपक्षीय वार्ता अघि भारतीय राजदूत रणजीत राय सक्रिय भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार विहान ११ बजे सत्तारुढ, प्रमुख विपक्षी कांग्रेस र मधेसी मोर्चासहितको बैठक बोलाएका छन् । बैठकमा आन्दोलनरत मधेसी मोर्चाको मागलाई सम्बोधन गर्नेबारे छलफल हुनेछ ।

त्रिपक्षीय वार्ता अघि आइतबार साँझ भारतीय राजदूत रायले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति सुशील कोइरालासँग छुट्टाछुट्टै भेटेका छन् ।

विपक्षी दलका नेता कोइरालालाई भेट्न राजदूत उनकै निवास महाराजगञ्ज पुगेका थिए ।

लगतै बालुवाटार पुगेर प्रधानमन्त्रीसँग भेट गरेका छन् । भेटमा अघोषित नाकाबन्दी र त्यसबारे समस्या समाधानबारे छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले अनलाइनखबरलाई जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment