Comments Add Comment

सरभाइभर्स नेपालको एक वर्ष पुरा, पूर्ण कार्यसमिति चयन

Photo

१५ मंसिर, काठमाडौं । सामाजिक संस्था सरभाईभर्स नेपालले स्थापनाको पहिलो वर्ष पुरा गरेको छ । संस्थाको पहिलो वाषिर्क साधारणसभा ललितपुरमा सम्पन्न भएको छ ।

साधारणसभाको उद्घाटन हेल्प नेपाल नेटवर्कका अध्यक्ष अरुणसिंह वस्नेतले गरेका थिए । सरभाइभर्स नेपालको औपचारिक स्थापना यही वैशाख २८ गते भएको थियो ।

सरभाइभर्स नेपालले महाभूकम्पले सबैभन्दा बढी प्रभावित भएको क्षेत्रहरुमा चार दिनभित्र राहत सहायता, त्रिपाल, स्वास्थ्य चिकित्सक सेवा आदि प्रदान गरेको थियो ।

संस्थाले स्थापनाकालदेखि भूकम्प प्रभावित ८ जिल्लाहरुमा राहत पुनः निर्माण तथा स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको छ । अहिले संस्था भूकम्प प्रभावित सिन्धुपाल्चोक जिल्लाका ८ वटा स्कुल निर्माण गर्ने कार्यमा संलग्न छ ।

यस वाहेक अष्ट्रेलियन दूतावास अन्तर्गतको डिएपी कार्यक्रमसँग आवद्ध भई मानसिक स्वास्थ्य सम्बन्धि विभिन्न कार्यक्रम पनि सुरुवात गरेको छ ।

संस्थाले अस्थायी स्कुलहरुको निर्माण, स्कुलहरुमा सफा पिउने पानीको व्यवस्थापन, स्कूलहरु पुनः निर्माण, प्रकोपपश्चात हुनसक्ने स्वास्थ्य समस्या र प्राथमिक उपचार, कानुनी सहायता माध्यमबाट सरकारका पुनर्वास प्याकेजहरु पहुँच सुधार गर्ने लगायतका कामहरु गर्दै आइरहेको छ ।

प्रथम वार्ष्र्िक साधाराण सभामा संस्थाका अध्यक्ष तथा सह संस्थापक सुशील कोइरालाले अहिलेसम्म गरेका कार्यहरुको जानकारी गराउनु साथै संस्थाको आगामी योजना तथा प्रतिबद्धताहरुको बारेमा जानकारी गराए ।

साधारणसभामा संस्थापक कोषाध्यक्ष तथा सह संस्थापक निराकार श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सभाले सुशील कोइरालाको अध्यक्षतामा पूर्ण कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा निराकार श्रेष्ठ, कोषाध्यक्षमा आरसी लोहनी, सचिव डा. पुजन राई चयन भएका छन् । त्यस्तै सदस्यमा सदिश श्रेष्ठ, वविता सेढाई) र विवेक भण्डारी रहेका छन् ।
सभाले संस्थाको कार्यकारी निर्देशकमा जयराम पुडासैनीलाई नियुक्त गरेको छ । सोही अवसरमा संस्थाले निःस्वार्थ भावनाले सहयोग गर्ने व्यक्ती तथा संस्थाहरुलाई सम्मान समेत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment