+
+
Shares

भर्‍याङमुनि साप पालेका थियौं, टोक्छ भन्ने थाहा थियो: राजेन्द्र पाण्डे

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर २० गते १७:३३

२० मंसिर, काठमाडौं । एमाले नेता राजेन्द्र पाण्डेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई ‘भर्‍याङमुनि पालेर राखिएको सर्प’ को संज्ञा दिएका छन् ।

Rajendra-Pandeपाण्डेलगायत दुईदर्जन बढी उच्चपदस्थ व्यक्तिहरुलाई अख्तियारले पत्र काटेपछि एमाले नेता पाण्डेले यसलाई पूर्वाग्रही निर्णय बताएका छन् । उनले व्यक्तिगत र राजनीतिक प्रतिशोधका आधारमा अख्तियार प्रमुख कार्कीले आफूहरुमाथि चिठ्ठी काटेको आरोप लगाए ।

भारतीय नाकाबन्दीको विषयमा प्रखर रुपमा उत्रेकाले एमाले नेताहरु प्रमुख निशाना बनेको उनको दाबी छ । ‘कताको दबावमा लोकमान अख्तियार प्रमुख बनाइएका हुन् भन्ने दुनियाँलाई थाहा छ,’ पाण्डेले अनलाइनखबरसित भने, ‘अहिले नाकाबन्दीको विरोध गर्नेहरुलाई छानीछानी शिकार गर्न खोजेर उनले नुनको सोझो गरेका हुन् ।’

उनले आफूलाई भ्रष्टाचारी प्रमाणित गरेर देखाउन अख्तियारलाई चुनौति दिएका छन् । ‘मैले हरेक वर्ष संसदमा अख्तियारले पठाएको फाराम अनुसार सम्पत्ति विवरण पेश गर्दै आएको छु, त्यसको कुनै छानविन नगरी एक्कासी चिठी पठाएर हाम्रो मानमर्दन गर्ने प्रयास गरिएको छ,’ पाण्डेले भने ।

पाण्डले अघि भने-‘भारतीय नाकाबन्दीको विरोधमा विद्यार्थीहरुको मानव साङ्लो सडकमा उतार्नेहरुलाई समेत दण्डित गरिएको छ ।’

राजनीतिक प्रतिशोधका साथै केही व्यक्तिमाथि विगतमा भएका सामान्य घटनाका आधारमा समेत लोकमानले प्रतिसोध साँधेको उदाहरण पाण्डेले दिए ।

‘डा. वंशीधर मिश्र स्वास्थ्यमन्त्री भएका बेला लोकमान सचिव थिए, मन्त्रीले उनलाई स्वाथ्यबाट हटाएर मन्त्रिपरिषद कार्यालयमा सरुवा गरिदिएका थिए,’ एमाले नेता पाण्डेले भने-‘केही महिनाअघि अर्थसमितिको बैठकमा लोकमान जुरुक्क उठेर हिँड्न खोज्दा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले थर्काएका थिए । राजाको शासन हटेपछि लोकमानलाई हटाएर भोजराजलाई मुख्यसचिव बनाइएको थियो । उनीहरु सबैमाथि अहिले कार्कीले बदला लिएका छन् ।’

‘हामीले भर्‍याङमुनि साप पालेका थियौैं, यसले एक दिन टोक्छ भन्ने थाहा नै थियो,’ पाण्डेले अघि भने ।

चीनबाट नाका खोल्नुपर्ने अडान लिएको, फास्ट ट्र्याकको विरोध गरेको, आत्मनिर्भरताको वकालत गरेकाले एमाले नेताहरुको तेजोवध गर्न खोजिएको पाण्डेले बताए ।

अख्तियारमा लोकमानलाई नियुक्ति गर्ने बेलामा उनको विवादास्पद पृष्ठभूमिका कारण आफूहरुले चर्को विरोध गरेको तर असफल भएको पाण्डे बताउँछन् । एमालेभित्रको एउटा गुटमाथि प्रहार केन्दि्रत भएको हो कि ? भन्ने प्रश्नमा पाण्डेले भने, ‘यो फजुल कुरा हो ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?