+

टेनिसका ठूलो खेलहरुमा म्याच फिक्सिङ !

२०७२ माघ  ४ गते ८:५९ २०७२ माघ ४ गते ८:५९
टेनिसका ठूलो खेलहरुमा म्याच फिक्सिङ !

Tenis
४ माघ, काठमाडौं । बीबीसीले आफूले पाएको दस्ताबेजका आधारमा विम्बल्डनसहित विश्व टेनिसका ठूला खेलहमा फिक्सिङको दाबी गरेको छ ।

बीबीसी र बजफिडले गरेको अध्ययनका क्रममा पछिल्लो १० वर्षमा कम्तिमा शीर्ष १६ खेलाडीविरुद्ध उजुरी परेको छ । र, उनीहरुमाथि जानाजान खेल हारेको आशंका गरिएको छ । यस्तो उरुरी विम्बल्डनका केही खेलसँग पनि सम्वन्धित रहेको बीबीसीले जनाएको छ ।

गम्भीर उजुरी परे पनि अहिलेसम्म कुनै पनि प्रतिवन्ध लगाइएको छैन । जसमा केही खेलाडी ग्राण्डस्लाम विजेता समेत छन् ।

बीबीसी र बजफिडले पाएको दस्ताबेजहरुमा २००७ को एक जाँच रिपोर्ट पनि छ । यो छानविन एसोशिएशन अफ टेनिस प्रोफेसनलको सुरुवात काम थियो । यो समितिले निकोलाई डेभिडेन्का र मार्टिन भसालो आर्गुलोको बीचमा भएको खेलको छानाविन गर्नु थियो ।

तर, फिक्सिङको कुनै प्रमाण भेटिएन । तर, जाँचको दायरा बढाइयो, जसमा केही ठूला खेलाडी र फिक्सरहरुको नाम आयो । जसमा तीन खेल विम्बल्डनको पनि छ ।

२००८ मा दिइएको एक रिपोर्टमा यी खेलमा संलग्न २८ खेलाडीमाथि छानविनको माग गरिएको थियो । तर, प्रक्रिया अघि बढेन ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय