+

क्रिस गेलले बनाए १२ बलमा ५० रन

२०७२ माघ  ४ गते १७:०३ २०७२ माघ ४ गते १७:०३
क्रिस गेलले बनाए १२ बलमा ५० रन

Chris-Gayle

४ माघ, काठमाडौं । क्रिस गेलले युवराज सिंहको फस्टेस्ट ५० को रेकर्ड बराबरी गरेका छन् ।

बिग ब्यास लिगमा एडिलेड स्ट्रकर्सविरुद्धको खेलमा मेलबर्न रेन्जर्सबाट खेलेका गेलले १२ बलमा ५० रन बनाएका हुन् । भारतका युवराज सिंहले १९ सेप्टम्बर २००७ इंग्ल्याण्डविरुद्ध १२ बलमा ५० रनको रेकर्ड बनाएका थिए ।

गेलले पहिलो ओभरमा ग्रेग वेष्टको बलमा चार छक्का हानेका थिए भने तेस्रो ओभरमा उनले बेल लोफनिललाई दुई छक्का र दुई चौका हाने ।

चौथो ओभरको पहिलो बलमा छक्का हान्दै उनले युवराज सिंहको फास्टेस्ट ५० को रेकर्ड बराबरी गरे ।

गेल १७ बलमा ५६ रन बनाएर आउट भए ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय