Comments Add Comment

इन्टरनेट डाटा सेवा विस्तारमा टेलिकमको जोड

nepal-telecom२३ माघ, काठमाडौं । नेपाल टेलिकमले आगामी दिनमा इन्टरनेट डाटाको विस्तारमा विशेष जोड दिने भएको छ । भ्वाइस सेवा लगभग ‘स्याचुरेसन’को अवस्थामा पुगेपछि टेलिकम इन्टरनेट सेवामा केन्द्रित हुन थालेको हो । टेलिकमका प्रबन्ध निर्देशक वुद्धिप्रसाद आचार्यले शुक्रबार सार्वजनिक गरेको योजनामा इन्टरनेट सेवा विस्तार तथा सुदृढीकरणमा जोड दिइएको छ ।

टेलिकमले डाटा सेवाको विस्तर र सुधारका लागि सबै जिल्लामा अप्टिकल फाइबर विस्तार गर्ने लक्ष्य अनुरुप ११ जिल्लामा हजार किलोमिटर एडीएसएस जडान कार्य सुरु गरिने भएको छ ।

वीपी राजमार्गमा फुल कभरेज सहितको जीएसएम सेवा ६ महिनाभित्र विस्तार गर्ने महाप्रबन्धक आचार्यले बताए । यसै आर्थिक वर्षमा २१५ सीडीएमएका पुराना उपकरणहरु विस्थापित गरी नयाँ उपकरण जडान गर्ने र १७५ स्थानमा नयाँ उपकरणहरु जडान कार्य पनि सुरु गरिने भएको छ ।

यही आवभित्रै ७० स्थानमा वाइम्याक्स सेवाको बीटीएस स्थापना गरी बोर्डब्याण्ड इन्टरनेट सेवा प्रदान गर्ने टेलिकमको तयारी छ । त्यस्तै, डाटा सेन्टरको स्थापना गर्ने र एलटीई लगायतका नयाँ प्रविधि भित्राउन गृहकार्य भइरहेको महाप्रबन्धक आचार्यले बताए ।

इन्टरनेट सेवाको पहुँच सहज, भरपर्दो र मितव्यायी बनाउन भारततर्फबाट विश्वलाई जोड्ने अप्टिकल फाइवर सञ्चालनमा आइसकेको छ । टेलिकमले चीनतर्फबाट पनि विश्वसँग जोड्ने गरी अप्टिकल फाइवर जडान गरिरहेको छ ।
मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइवर बिच्छाउने कार्यका लागि खरिद प्रकृया सुरु भइसकेको छ । यसबाट देशभर अप्टिकल फाइवरकावे सञ्जाल विस्तार गरी प्रत्येक जिल्लालाई यसमा आवद्ध गरेर सूचना प्रविधिको क्षेत्रमा महत्वपूर्ण उपलब्धी हासिल हुने टेलिकमको अपेक्षा छ ।

थ्रीजी सेवातर्फ हालको क्षमतालाई वृद्धि गरी ४२ एमबीपीएस सम्मको क्षमतामा डाटा चलाउन सकिने गरी सिष्टम जडानका लागि खरिदको प्रकृया अगाडि बढिसकेको टेलिकमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment