Comments Add Comment

नेपालीसहित एक हजार वैज्ञानिकले भेटे गुरुत्वाकर्षण तरंग

१ फागुन, काठमाडौं । वैज्ञानिकहरुले अल्बर्ट आइन्सटाइनले सापेक्षतावाद सिद्धान्त प्रतिपादन गर्दा व्याख्या गरेको गुरुत्वाकर्षण तरंग (ग्रेभिटेसनल वेभ) प्रत्यक्ष फेला पारेका छन् ।

आइन्सटाइनले आˆनो सिद्धान्तमै गुरुत्वाकर्षण तरंग हुने भए पनि यो भेट्न नसकिने मात्रामा अत्यन्त कम हुने दाबी गरेका थिए । आजको नागरिक दैनिकमा समाचार छ ।

वैज्ञानिकहरुले विभिन्न आधार प्रस्तुत गर्दै गुरुत्वाकर्षण तरंग हुने स्वीकार्दै आए पनि त्यसलाई यसअघि प्रत्यक्ष रुपमा भेट्न सकेका थिएन् ।

बुटवलका सुदर्शन कार्कीसहित विश्वका करिब एक हजार वैज्ञानिकहरुको समूहले गरेको अध्ययनको उक्त निष्कर्ष बिहीबार अमेरिकामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।

‘अल्बर्ट आइन्सटाइनले पनि यो तरंग साह्रै कमजोर प्रकृतिको हुने भएकाले मानिसले भेट्न नसक्ने बताएका थिए’ अमेरिकाको टेक्सास राज्यस्थित युनिभर्सिटी अफ टेक्सास अर्टिङटनमा भौतिक शास्त्र पढाउँदै आएका नेपाली वैज्ञानिक सुमन सत्यालले भने, ‘यो ठूलो उपलब्धि हो, यसले भविष्यका लागि ब्राहृमण्ड अध्ययनको नयाँ आँखा खोलिदिएको छ ।’

विज्ञान क्षेत्रमा काम गर्ने मानिसका लागि यो उपलब्धि आश्चर्यजनक भने नरहेको उनले स्पष्ट पारे । अमेरिकामा अध्ययनरत कार्की फेलोका रुपमा अनुसन्धानमा सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment