Comments Add Comment

पुनर्निर्माणका लागि थप १३ सय इञ्जिनियर गाउँ जाँदै

engineer
१२ जेठ, काठमाडौं । भूकम्पबाट क्षतिग्रस्त घर तथा संरचना बनाउन थप १३ सय इञ्जिनियर तथा आभेरसियर खटिने भएका छन् । सरकारले करारमा नियुक्ति दिएर गाउँ-गाउँमा थप इञ्जिनियर खटाउन लागेको हो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बुधबारदेखि इन्जिनियरलाई पुनर्निर्माणका लागि बुधबार भूकम्प प्रभावित जिल्लामा खटाउँदैछ । साँझ एक कार्यक्रमकाबीच प्राधिकरणणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले उनीहरुलाई औपचारिक विदाइ गर्नेछन् ।

प्रभावित जिल्लाका हरेक गाविसमा १, नगरपालिकामा ३ र स्रोतकेन्द्रमा ४ जनाका दरले इन्जिनियर परिचालन गर्ने नीति लिएको छ ।
यसअघि पनि साढे १३ सयर इञ्जिनियर गाउँ गइसकेका छन् । प्राधिकरणले इन्जिनियरहरुलाई आवास पुनर्निर्माण सम्बन्धी आधारभूत तालिम दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment