Comments Add Comment

कार्यालयमै सुतेर दिन काट्छन् स्वास्थ्यका कर्मचारी

helth१५ असार, काठमाडौं । मंगलबार दिउँसो मोरङको मोतीपुरस्थित स्वास्थ चौकी पुग्दा एकजना महिला कर्मचारी कार्यालयमै सुतिरहेकी थिइन् ।

उत्तरतर्फ सिरानी लागाएर बेन्चमा पल्टिएकी उनी घुर्दै थिइन् । स्वास्थ्य चौकीमा को आयो र गयो भन्ने हेक्का उनलाई थिएन । चौकीको मुख्य द्वारछेउमा बेन्च राखिएको थियो । मास्तिर सिलिङमा पंखा घुमिरहेको थियो । उनी भने सलले अनुहार छोपेर मस्त निदाएकी थिइन् ।

बिरामी जाँच गर्न कार्यालय प्रमुख बस्ने र बिरामीलाई परामर्श दिने कोठा खाली देखिन्थ्यो । स्वास्थ्य चौकीका तीनवटामध्ये एउटामा चिकित्सक बस्छन् । अर्कोमा बिरामीको जाँच हुन्छ । आजको अन्नपूर्णमा समाचार छ ।

कोठामा पंखा घुमिरहेका थिए । टेबुलमा मुख खुलेका औषधिका बट्टाहरु देखिन्थे । अन्य सामाग्रीहरु यत्रतत्र छरिएका थिए ।

स्वास्थ्य चौकीमा पाँच जनाको दरबन्दी छ । दुई अहेव, हेल्थ असिस्टेन्ट र अनमोमीले कार्यालय चलाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment