Comments Add Comment

म्यानचेष्टर सिटीले विजयी यात्रा कायमै, हलको पोष्टमा लिभरपुलको ५ गोल

Man citiy

८ असोज, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिग लिडर म्यानचेष्टर सिटीले विजयी यात्रा कायमै राखेको छ ।

पेप ग्वार्डिओलाको प्रशिक्षणमा १० औं जित हात पार्ने क्रममा सिटीले स्वान्सीलाई ३–१ गोल अन्तरले हराएको छ ।

स्वान्सीको घरेलु मैदानमा भएको खेलमा एग्युरोले नवौं मिनेटमा नै टोलीलाई अग्रता दिलाएका थिए । तर, १३ औं मिनेटमा नै घरेलु टोली बराबरी गोल फर्काउन सफल भयो ।

६५ औं मिनेटमा एग्युरोले पेनाल्टी गोल गरे भने ७७ औं मिनेटमा स्टर्लिङले गोल गर्दै टिमको जित सुनिश्चित गरे ।

यो जितसँगै प्रिमियर लिगमा खेलेको सुरुवाति ६ मध्ये सबै खेलमा जित हात पार्ने म्यानेजर बेनेका छन् । यसअघि २००९ १० को सिजनमा चेल्सीमा कार्लो एन्सेलोटीले यो रेकर्ड बनाएका थिए ।

हलको पोष्टमा लिभरपुलको पाँच गोल

अर्को खेलमा लिभरपुलले हल सिटीलाई ५–१ गोल अन्तरले हरायो । हल २९ औं मिनेटमा नै १० खेलाडीमा सिमित भएको थियो ।

लिभरपुलका लागि मिल्नरले पेनाल्टीसहित २ गोल गरे । लालना। मने र कोउटिन्होले पनि गोल गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment