Comments Add Comment

दशैंका लागि त्रिपुरेश्वर-कलंकी-नागढुंगा सडकको खाल्डा पुरिँदै

११ असोज, काठमाडौं । दशैंका लागि त्रिपुरेश्वर-कलंकी-नागढुंगा सडकको अवस्था सुधार गर्ने काम सुरु भएको छ । अहिले विस्तारको क्रममा रहेको सडकमा अहिले सयौं साना-ठूला खाल्डाखुल्डी छन् । अब त्यसलाई तत्काल पुरेर सडकको अवस्था सुधार गर्न थालिएको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।

आयोजना इञ्जिनियर बिरेन्द्र यादवका अनुसार विस्तारको काम भइरहेकाले सडकमा परेका खाल्डाखुल्डी पुरिएको थिएन । तर, अब दशैंमा काठमाडौंमा भित्रिने र बाहिरी सवारीको संख्या उच्च हुने भएकाले खाल्डा पुर्न थालिएको उनले बताए ।
Road‘दशैंमा सडकको खाल्डा नपुर हजारौं सवारीहरु समस्यमा पर्ने र जामको समस्या पनि बढ्ने देखिएकाले ठेकेदार कम्पनीमार्फत नै सडकलाई सहज बनाउन लागेका हौं,’ यादवले भने, ‘अबको केही दिनभित्र सडकका सबै खाल्डा पुरिनेछन् । यसपछि सवारी आवागमन सहज हुनेछ ।’

तर, सडकमा खाल्डा पुरेर त्यसमाथि कालोपत्रे गर्ने योजना भने छैन । सडकमा तत्काल पीच नगरिने यादवले बताए । ढुंगा र माटोको प्रयोग गरी अहिलेका खाल्डाहरु पुरिनेछन् ।

विस्तारको काम भइरहेकाले कलंकीसम्मको सडकको अवस्था निकै नाजुक छ । सडकको दुरावस्थाका कारण यो खण्डमा सवारी जामको समस्या निकै बढ्दो छ ।

यातायात व्यवसायीले यो खण्डको सडकको अवस्था तत्काल सुधार गर्न यातायात व्यवस्था विभागमार्फत सडक विभागको ध्यानाकर्षण गराएका थिए ।

आयोजनाले यो खण्डमा तत्काल कालोपत्रे नगर्ने तर, खाल्डा भने पुर्ने तयारी गरेको हो । तर, पानी पर्नासाथ यस्ता खाल्डाहरु फेरि पुरानै अवस्थामा फर्किन्छ भने घाम लाग्नासाथ सडक क्षेत्र धुलोले ढाकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment