+

धनगढी प्रिमियर लिगः कुन टिममा को-को छन् खेलाडी ? कसमाथि लाग्यो कति बोली ?

२०७३ पुष  २३ गते १७:२६ २०७३ पुष २३ गते १७:२६
धनगढी प्रिमियर लिगः कुन टिममा को-को छन् खेलाडी ? कसमाथि लाग्यो कति बोली ?

dpl

२३ पुस, काठमाडौं । धनगढी प्रिमियर लिग (डीपीएल)को छ टिमका लागि शनिबार अक्सन भएको छ । र, चार क्रिकेटरमाथि अधिकतम १ लाखको बोली लोगेको छ ।

धनगढी टिमको कप्तान पारस खड्का छन् । उनको टोलीमा अनित मण्डल प्रेम तामाङ, पृथु बास्कोटा, रिजु रिजाल, आरिफ शेख जस्ता क्रिकेटर छन् ।  ज्ञानेन्द्र मल्ल कप्तान रहेको सीबाईसी अत्तरियाले मेहबुब आलम, करण केसी, प्रदिप ऐरी, सन्दिप सुनारसहितका खेलाडी अनुवन्धित गरेको छ ।

काठमाडौं गोल्डेन्सले भुवन कार्की, नरेश बुढायर, सोमपाल कामी, सन्तोष भट्ट लगायतलाई भित्र्याएको छ । यो टिमको कप्तान बसन्त रेग्मी छन् ।

विनोद भण्डारी कप्तान रहेकेा कञ्चनपुर आइकोनिकले सागर पुन, अभिनाष कर्ण, सुनिल धमला, सिद्धान्त लोहनी लगायतलाई अनुवन्ध गरेको छ भने बिराटनगर किङ्ग्सले दिपेन्द्रसिंह ऐरी, सन्दिप लामिछाने, जितेन्द्र मुखिया लगायतलाई भित्र्याएको छ । यो टिमको कप्तान शरद भेषावकर हुन् ।

शक्ति गौचनको कप्तानीमा रहेको रुपन्देही च्यालेन्जर्सले सुवास खकुरेल, राजेश पुलामी मगर, विक्रम शोब, प्रकाश केसी लगायतलाई अनुवन्धित गरेको छ ।

dpl-team

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय