२४ पुस,काठमाडौं । सत्तारुढ तेस्रो दल राप्रपाले पुस २७ गतेलाई राष्ट्रिय एकता दिवस घोषणाका लागि पहल गरिदिन राष्ट्रपति समक्ष आग्रह गरेको छ ।
राप्रपा संसदीय दलका प्रमुख सचेतक दिलनाथ गिरी र सचेतक परशुराम तामाङले आइतवार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर यस्तो आग्रह गरेका हुन् ।
शीतल निवास पुगेका राप्रपा नेताहरुले पुस २७ गते पृथ्वी जयन्तीका अवसरमा राप्रपाले आयोजना गरेको चियापानमा राष्ट्रपतिको उपस्थितिका लागि निम्ता समेत दिए ।
राष्ट्रपतिले आफू सल्लाह गरेर खबर गर्ने जवाफ दिएको गिरीले बताए । सो अवसरमा राष्ट्रपति भण्डारीले एकीकृत नेपालका निर्माता पृथ्वीनारायण शाह एकताका प्रतिक भएकाले कसैले पनि उपेक्षा गर्न नमिल्ने बताएको उनले जानकारी दिए ।
राप्रपाका नेताहरुले २७ गते राष्ट्रिय एकता दिवस घोषणा गरि सार्वजकि विदा दिनुपर्ने माग राखिसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4