Comments Add Comment

ऊर्जामन्त्री भन्छन्- सप्तकोशीबाट बिजुलीको बाढी आउँछ, खपत गर्न तयार हुनुस्

११ फागुन, विराटनगर । ऊर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले सप्तकोशी नदीबाट अबको केही वर्षमा विद्युतको बाढी आउने बताएका छन् ।

सप्तकोशीका बिभिन्न सहायक नदीहरुबाट विद्युत उत्पादन कार्यको योजना अघि बढेको जानकारी दिँदै उनले ४-५ वर्षभित्रमा हजार मेघावाट भन्दा बढी बिद्युत उत्पादन हुने बताए ।

उद्योग संगठन मोरङको आयोजनामा बुधबारबाट शुरु भएको विराट एक्स्पो-२०७३ उदघाटन मन्तब्य राख्दै ऊर्जामन्त्री शर्माले सप्तकोशीबाट उत्पादन हुने विद्युत खपत गर्न उद्यमीहरुलाई तयार रहन आग्रह गरे ।

ऊर्जामन्त्री शर्माले भने, ‘अबको केही वर्षमा कोशीबाट विद्युतको बाढी आउनेछ । त्यो विद्युत खपत गर्न तपाईहरु तयार रहनुहोस् ।’

सप्तकोशीका सहायक नदीहरु तमोर, अरुण, भोटेकोशी, तामाकोशीमा बाँध बाँधेर विद्युत उत्पादन गर्ने परियोजनाहरु अघि बढेको बताउँदै उनले त्यसबाट एक हजारभन्दा बढी मेघावाट विद्युत उत्पादन हुने जनाए ।

त्यसखाले योजनामा नेपालीको लगानी आवश्यक रहेको चर्चा गर्दै ऊर्जामन्त्री शर्माले अहिले नेपालीले पानीमा लगानी गर्नैपर्ने बिषयलाई उठाएर बिदेशमा रहेका युवालाई अप्रत्यक्ष रुपमा स्वदेशमा बोलाएको दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment