Comments Add Comment

पार्टीले चुनाव बिथोल्ने घोषणा गरेपछि राजपा नेता अन्सारी एमाले प्रवेश

१३ जेठ, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले निर्वाचन बिथोल्ने गरी आन्दोलन घोषणा गरेकै भोलिपल्ट पार्टीका मुस्लिम नेता आफ्ना समर्थकसहित नेकपा एमालेमा प्रवेश गरेका छन् ।

मधेसमा रक्षात्मक बनिरहेको एमालेले बिभिन्न पार्टीबाट मधेसी नेताहरुलाई प्रवेश गराउँदै टिकट दिने रणनीति बनाएका बेला राजपाका सहमहामन्त्री समिम मिया अन्सारी शनिबार एमाले प्रवेश गरेका हुन् । कार्यक्रममा मुस्लिम नेता अन्सारीलाई अध्यक्ष केपी शर्मा अेालीले पार्टीमा स्वागत गरे ।

उनीसँगै प्रवेश गरेका अन्य मुस्लिम कार्यकर्तालाई पनि एमाले नेताहरु स्वागत गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूले रमादानको बेला दोस्रो चरणको चुनाव जेठ ३१ गते नराख्न आग्रह गर्दा त्यो बेला सत्तापक्षका नेताले नमानेको बताए । उनले भने-मैले पटक पटक मुस्लिम समुदायको रमादान परेकाले जेठ ३१ मा नराख्नुस भन्दा शेरवहादुर देउवाले मुसलमानलाई गएर सत्तापक्षले मानेन भन्दिनुस भने ।’

एमालेले नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा मुस्लिम उम्मेदवार उठाइसकेको र अब मधेसका धेरै ठाउँमा मुस्लिमलाई उम्मेदवार बनाउने भन्दै ओलीले मुस्लिम मत आकषिर्क गर्न खोजे ।

कार्यक्रममा बरिष्ठ नेता माधवकुमार नेपालले मैथिलीमा भाषण गर्दै मुस्लिम समुदायको अगुवाई एमालेले गर्ने बताए ।

राजपा नेता अन्सारीले चुनाव बहिस्कार गर्ने राजपाको निर्णय मधेसी जनताको अधिकार स्थापित हुन नदिने उद्देश्यबाट आएकाले आफू सो पार्टीमा रहन नसकेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment