Comments Add Comment

सुचना चुहाएको भन्दै एभरेष्ट इन्स्योरेन्स र नेशनल हाइड्रोको कारोबार रोक्का


६ असार, काठमाडौं । मूल्य प्रभावित सुचना चुहाएको भन्दै नेप्सेले एभरेष्ट इन्स्योरेन्स र नेशनल हाइड्रोपावर कम्पनीको सेयर कारोबार तत्काललाई रोक्का गरेको छ ।

एभरेष्ट इन्स्योरेन्सले हालै २० प्रतिशत बोनस र ६ सय प्रतिशत हकप्रद जारी गर्ने घोषणा गरेको छ । तर, यो खबर कम्पनीबाट आधिकारिक रुपमा सार्वजनिक हुनु अगावै चुहिएको र बजारमा कम्पनीको एक साताअघि नै देखिनै मूल्य बढ्ने क्रममा देखिएको आशंका गरिएको छ ।

यता, नेशनल हाइड्रोपावर कम्पनीको बारेमा अनाधिकृत हल्ला आएको भन्दै कम्पनीले फेसबुक मार्फत् विभिन्न सुचना सार्वजनिक गर्दै आएको थियो । यसैको आधारमा पनि कारवाही भएको हुनसक्ने आशंका गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment