Comments Add Comment

उम्मेदवारको मृत्यु भएपछि रुपन्देहीको एउटा वडामा चुनाव सर्‍यो

१३ असार, भैरहवा । निर्वाचनको एक दिनअघि रुपन्देहीको एक वडामा स्थानीय तह चुनावको मिति सारिएको छ ।

उम्मेदवारको मृत्यु भएको कारण जिल्लाको कोटहीमाई गाउँपालिकाको वडा नम्बर एकमा चुनावको मिति सारिएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख हुमनाथ गौतमले अनलाइनखबरलाई जानकारी दिए ।

उनले कोटहीमाई गाउँपालिकाको वडा नम्बर एकका माओवादी केन्द्रबाट सदस्य पदका उम्मेदवार मुराली मल्लाहको मृत्यु भएपछि निर्वाचन मिति सारिएको र उक्त वडामा यही असार १६ गते नै निर्वाचन हुने बताए ।

प्रचारप्रसार पश्चात घरमा आएर आराम गर्ने क्रममा उम्मेदवार मल्लाहको हृद्यघातले मृत्यु भएको बताइएको छ ।

मृतक उम्मेदवार मल्लाहको स्थानमा माओवादी केन्द्रबाट भोला मल्लाहले उम्मेदवारी दिएको कोटहीमाई गाउँपालिकाको मुख्य निर्वाचन अधिकृत मनोज गैरैले बताए ।

कोटहीमाई गाउँपालिकाको जिल्लाको पश्चिम दक्षिणी मर्चवार क्षेत्र अन्र्तगत पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment