शनिबार, १६ वैशाख, २०७४
OnlineKhabar.com

समाचार

जथाभावी बाटो काट्नेलाई आजबाट २ सय जरिवाना, जेब्राक्रसमा यात्रु अाउँदा सवारी रोक्नैपर्ने

१५ वैशाख, काठमाडौं । महानगरीय ट्राफिक महाशाखाले जथाभावी सडक क्रस गर्ने पैदल यात्रुलाई कारबाही गर्ने भएको छ । महानगरीय ट्राफिक महाशाखाका प्रमुख डिआईजी मिङमार शेर्पाले जथाभावी सडक क्रस गर्ने पैदल यात्रुलाई शुक्रबारदेखि केहीबेेर नियन्त्रणमा लिई २ सय रुपैयाँ जरिवाना गर्ने चेतावनी दिए । काठमाडांैं उपत्यकामा पैदल यात्रुको सुरक्षाका लागि जनचेतना कार्यक्रमको शुक्रबार काठमाडौंमा शुभारम्भ...

म्यानपावरवाली शर्मिला ओमानका लागि नेपाली राजदूतमा नियुक्त

१५ बैशाख, काठमाडौं । म्यानपावरवाली शर्मिला पराजुली ढकाल ओमानका लागि नेपाली राजदूत नियुक्त भएकी छन् । मन्त्रिपरिषदको सिफारिस संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपति विद्या भण्डारीले शुक्रबार पराजुलीलाई राजदूत नियुक्त गरेकी हुन् । म्यानपावर व्यवसायी पराजुलीलाई राजदूत बनाउन सिफारिस गरेपछि चर्को आलोचना भएको थियो । परराष्ट्रमन्त्रीले उनको नाम पनि राजदूतहरुको सूचीबाट काटे ।...

काठमाडौंका मतदाता : कोही भन्छन् महिला चाहियो, कोही नो भोट ! (भिडियोसहित)

१५ बैशाख, काठमाडौं । स्थानीय निर्वाचन आउन दुईसाता मात्रै बाँकी रहँदा उम्मेदवारको त चर्चा भइरहेकै छ, तर मतदातालाई कसैले सोधेका छैनन् । काठमाडौं महानगरका केही मतदातासँग अनलाइनखबरको टोलीले तपाई कस्तो व्यक्तिलाई मेयरमा जिताउन चाहनुहुन्छ भनेर सोध्याै । हामीले काठमाडौं महानगरपालिकाका पुरानो बानेश्वर, बसन्तपुर लगायतका क्षेत्रमा पुगेर काठमाडौं महानगरका मतदातासँग स्थानीय तह निर्वाचनबारे जिज्ञासा राखेका...

बैशाख ३१ को चुनाव सार्नेबारे बालुवाटारमा बहस

१५ बैशाख, काठमाडौं । बैशाख ३१ मा हुने भनिएको पहिलो चरणको स्थानीय तह निर्वाचन हुन अब १६ दिन मात्रै बाँकी छ । तर, राजनीतिक दलहरु भने अझै पनि चुनाव एक चरणमा गर्ने कि दुई चरणमा भन्ने बहसमै अल्झिएका छन् । शुक्रबार बालुवाटारमा यस्तै छलफल भयो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार दिउँसो बोलाएको सर्वदलीय...

कुलमानले भने- बिमा कम्पनीले फाष्ट ट्र्याकमा क्षतिपुर्ति दिनुपर्‍यो

१५ वैशाख काठमाडौं । विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलामन घिसिङले देशका बिमा कम्पनीले जलबिद्युत कम्पनीको क्षतीपुर्ति समयमै नदिएको गुनासो गरेका छन् । बिमान कम्पनीले भूकम्पपश्चात पाउनुपर्ने दावीबापतको रकम समयमै नपाएको बताउँछन् । उनले भने ‘क्षति पश्चात जलबिद्युत कम्पनीले बिमा कम्पनीसँग क्षतिपुर्ति दावी गर्दा समयमै पाएका छैनन, यस प्रक्रियालाई सहज गराउन सकेमात्रै सबै जलविद्युत् कम्पनी...

प्याब्सन अध्यक्ष भन्छन्- शुल्क फिर्ता गर्दैनौं, बरु तालाचाबी बुझाउँछौं

१५ बैशाख, काठमाडौं । शुल्क वृद्धि फिर्ता लिनेबारे सरकार र विद्यार्थी संगठनहरुबीच भएको सहमति कार्यान्वयन गर्न बाध्य नहुने निजी विद्यालय सञ्चालकले बताएका छन् । बरु पढाइ बन्द गरेर विद्यालयको तालाचाबी बुझाइदिने उनीहरुले चेतावनी दिएका छन् प्याब्सन अध्यक्ष विजय सम्बाहाम्फेले अनलाइनखबरसँग कुरा गर्दै भने, ‘शुल्क बढाउनु हुँदैन भन्ने कुरा व्यवहारिक छैन । हामी यो सहमति...

एक दिनमै भाँडियो धादिङमा कांग्रेस र माओवादीको चुनावी तालमेल

१५ बैशाख, काठमाडौं । सत्तारुढ कांग्रेस र माओवादी केन्द्रवीच धादिङमा चुनावी तालमेल गर्ने समझदारी एक दिन पनि टिक्न सकेन । चुनावी तालमेल गर्ने समझदारी भएपनि भागवण्डा नमिल्दा चुनावी तालमेल भाँडिएको हो । धादिङमा रहेको १३ स्थानीय तहमध्ये कांग्रेसले ७ र माओवादी केन्द्रले ६ वटा लिने सहमति भएको थियो । तर, कुन स्थानीय तह कसले...

नयाँ शक्ति र फोरमले बनायो निर्वाचन समन्वय संयन्त्र

१५ बैशाख, काठमाडौं । नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरमले निर्वाचन समन्वय संयन्त्र गठन गरेका छन् । यस्तो संयन्त्र प्रदेश, जिल्ला र स्थानीय तहमा समेत बनाइनेछ । चुनावी तामेलन गर्ने सहमत नयाँ शक्ति र संघीय फोरमको शुक्रबार बसेको बैठकले दुबै दलबाट ६-६ जना रहेको निर्वाचन समन्वय संयन्त्र गठन गरेको छ । संयन्त्रमा...

यी हुन् अब ठूला बस चलाइने उपत्यकाका मुख्य रुट (नक्सासहित)

१५ वैशाख, काठमाडौं । अहिले कमलपोखरीबाट कसैलाई एकान्तकुनासम्म जानु छ भने चक्रपथ या रत्नपार्क पुगेर सवारी नफेरी सुखै छैन । तर, अब सरकारले पहिचान गरेको नयाँ रुट कार्यान्वयनमा आएपछि कमलपोखरीबाट सीधा बस चढेर एकान्तकुना पुग्न सकिने छ । यो रुटमा अब थपिने बस अहिलेको जस्तो साना र सास्ती भोग्नुपर्ने किसिमको पनि हुने छैन ।...

कांग्रेसले पोखराको मेयर उम्मेदवार छान्न सकेन, ३३ जनाको केन्द्रमा सिफारिस

१५ बैशाख, पोखरा । देशको सबैभन्दा ठूलो पोखरा लेखनाथ महानगरपालिकाको मेयरको आकांक्षी धेरै भएपछि कांग्रेस कास्कीले उम्मेदवार छान्न सकेन । सर्वसम्मत उम्मेद्वार चयन गर्न नसकेपछि कांग्रेस कास्कीले आकांक्षी ३३ जनाकै नाम केन्द्रमा सिफारिस गरेको छ । उपमेयरमा पनि बै १५ जनाकै नाम केन्द्रमा सिफारिस गरिएको कास्की कांग्रेसका सदस्य नविन सिग्देलले जानकारी दिए । उम्मेदवार...

रामचन्द्रले राजीनामा दिन्छु भनेपछि देउवा ‘ब्याक’

१५ बैशाख, काठमाडौं । स्थानीय तहका उम्मेद्वार छनोट गर्ने विषयमा नेपाली कांग्रेसभित्र विवाद चर्किएको छ । बरिष्ठ नेता रामचन्द्र पौडेलले केन्द्रीय निर्वाचन परिचालन कमिटीबाटै राजिनामा दिने चेतावनी दिएपछि महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिलाई उम्मेदवार छनोट समितिबाट हटाइएको छ । गत सोमबार ४ बजेपछि पार्टी कार्यालयमा पुगेका पौडेल तनावमा थिए । महासमिति एवं महाधिवेशन प्रतिनिधिसहितको...

दैलेखमा कांग्रेसका उम्मेदवारकाे टुङ्गो (उम्मेदवारकाे नामसहित)

१५ बैशाख, दैलेख । नेपाली काँग्रेस दैलेखले जिल्लाका सबै नगरपालिका तथा गाउँपालिकाहरुमा आफ्ना उमेदवारहरुको टुङ्गो लगाएको छ । जिल्लाका ४ वटा नगरपालिका तथा ७ वटा गाउँपालिकाका उम्मेदवारहरुको टुङ्गो लागिसकेको नेपाली काँग्रेस दैलेखका सभापति कृष्ण वी.सी.ले जानकारी दिए । वी.सीका अनुसार नारायण नगरपालिको मियरमा मनिराम रेग्मी र उपमेयरमा पासना थापा रहेकाछन् । यस्तै दुल्लु नगरपालिकाको...