Comments Add Comment

वाईवाईले पायो वेष्ट ब्राण्ड अवार्ड, प्रभाकरलाई लाइफटाइम अवार्ड (भिडियोसहित)

११ भदौ, काठमाडौं । निम्बस एफएनसीसीआई एक्सिलेन्स अवार्ड २०७० अन्तरगत वाईवाई चाउचाउ वेष्ट ब्राण्ड घोषणा भएको छ । राष्ट्रिय कम्पनीअन्तरगत एसएमएस भोटिङ र फेसबुक लाइकका आधारमा चौधरी ग्रुपको उत्पादन वाईवाई पिपुल च्वाइस अवार्ड दिइएको हो । अन्तराष्ट्रिय कम्पनीतर्फ एनसेल वेष्ट ब्राण्ड घोषित भएको छ ।

wai wai awarded

नेपाली कम्पनीतर्फ कूल १ लाख ३ हजार ८ सय ५४ फेसबुक लाइकमध्ये वाइवाइले ४० हजार ७ सय ७४ र निकटतम प्रतिद्वन्द्वी जगदम्बा स्टिलले ३७ हजार ३ सय ४५ मत पाएको थियो । त्यस्तै, चाकोफनले २३ हजार ७ सय २२ फेसबुक मत पाएको थियो ।

बहुराष्ट्रिय कम्पनीमध्ये एनसेलले ३ हजार १ सय ७० र एसियन पेन्ट्सले २ हजार २ सय ४९ फेसबुक मत पाएका थिए । बहुराष्ट्रिय कम्पनीतर्फ कूल ८ हजार ९ सय ५० मत परेको थियो । त्यसमध्ये कोकाकोलाले १ हजार ६ सय २४ मत प्राप्त गर्‍यो ।

मिनबहादुर गुरुङ विजनेश पर्सन अफ दि इयर घोषित भएका छन् भने लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रभाकर शम्शेर जवरालाई प्रदान गरिएको छ । उपेन्द्र महतो एनआरएन विजनेश पर्सन घोषित भए भने पुरुषमा प्रवल गुरुङ र महिलामा निखिता पौडेल योङ विजशेन अचिभर बने । प्रवल अन्तराष्ट्रिय जगतमा ख्याती कमाएका फेसन डिजाइनर हुन् ।

नेसनल एक्सिलेन्सी अवार्ड युनिलिभरलाई

ठूला उद्योगतर्फको नेसनल एक्सिलेन्सी अवार्ड युनिलिभर नेपाल लिमिटेडले प्राप्त गरेको छ । त्यस्तै, मध्यमस्तर उद्योगको क्वेष्ट फर्माच्युटिकल्स प्रालि र साना उद्योगमध्ये उक्त अवार्ड गेट पेपर इण्डस्टि्रज प्रालिले प्राप्त गर्‍यो ।

ठूला उद्योगमध्ये मात्र छनोट गरिएको पिपुल एक्सिलेन्स अवार्डअन्तर्गत नबिल बैंक लिमिटेड सम्मानित भएको छ ।

सर्भिस एक्सिलेन्स अवार्डमा ठूलो उद्योगको सम्मान एनसेल प्रालिले हात पारेको छ । सर्भिस एक्सिलेन्सको मध्यमस्तरमा एड्भान्स पोली क्लिनिक पुरस्कृत भयो भने साना उद्योग समूहबाट सो अवार्ड विजेता एफ वान सफ्ट इन्टरनेसनल प्रालि बनेको छ ।

मंगलबार बेलुकी सम्पन्न एफएनसीसीआई नेशनल एक्सेलेन्सी अवार्ड २०७० नेपाल उद्योग वाणिज्य महासंघले सन् २००१ मा सुरु गरेको अवार्डको छैठौं संस्करण हो । विज्ञहरुको भिन्दाभिन्दै निणार्यक मण्डलले मूल्यांकन गरी विभिन्न विधा र स्तरमा नेसनल एक्सिलेन्सी अवार्ड प्रदान गरिएको हो । सम्मानित उद्योगका प्रतिनिधिलाई राष्ट्रपति डा. रामवरण यादवलगायत विशिष्ट अतिथिको हातबाट अवार्ड प्रदान गरिएको थियो ।

fncci award 1

fncci award 2

fncci award

fncci award 3

भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment