+
+
Shares

‘तोरी लाहुरे’हरुले अशिष्मालाई घेरेपछि

अनलाइनखबर अनलाइनखबर
२०७० पुष १६ गते १३:४८

नायिका अशिष्मा नमर्की यतिबेला तोरी लाहुरेहरुको घेरावन्दीमा छिन् । उनलाई कुनै सार्वजनिक स्थलमा तोरी लाहुरेहरुले सधै नै घेरेका हुन्छन् । हालै मात्र काठमाण्डौमा आयोजना गरिएको एक कार्यक्रममा नायिका नकर्मी तिन तोरी लाहुरे यूवाहरुको विचमा घेरिन पुगिन् । तिन यूवाहरुले उनलाई कहिले जिस्काउँदै थिए त कहिले उनीसँगै फोटो खिचाउन व्यस्त पनि थिए ।gajit-ashisma-subash-and-roप्रसंग हो फागुन २३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘तोरी लाहुरे’को । चलचित्रमा अशिष्मासँगै गजित बिष्ट, सुवास थापा, रोहित रुम्बा, सुशिल पोख्रेल, दिनेश डीसी, समुना जोशी लगायतका कलाकारको अभिनय छ । चलचित्रमा गजित बिष्ट, सुवास थापा, रोहित रुम्बा तोरी लाहुरे यूवाहरुको भूमिकामा छन् ।

चलचित्रबाट सिने नगरीमा आफूले लामो समयदेखि गर्दै आएको संघर्ष सफल हुनेमा कलाकार रोहित रुम्बा विश्वस्त छन् । उनले चलचित्रमा आफूले मिहिनेत गरेकाले पनि दर्शकले मन पराउने आशा व्यक्त गरे ।

एन.बी महर्जनको निर्देशनमा तयार भएको यो चलचित्रमा निरज कँडेलको छायांकन, कृष्ण आचार्यको कथा छ । सिनेमाले बेरोजगार भएर भौतारिरहेका नेपाली यूवा यूवतीको कथा बोल्ने कलाकार रोहित रुम्बाले जानकारी दिएका छन् । चलचित्रमा सन्तोष राजको संगीत, सुरेन्द्र पौडेलको संपादन, शंकर महर्जनको द्वन्द्व, गम्भिर बिष्टको नृत्य छ । रिदम एण्ड दिलिप फिल्मसको ब्यानरमा तयार भएको यो सिनेमालाई दिलकुमार तामाङ र रोशिफ तामाङले निर्माण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?