+
+
Shares

‘ककटेल जवानी’मा देखियो, प्रियंका र निलुको यस्तो आकर्षण(भिडियो)

अनलाइनखबर अनलाइनखबर
२०७१ असार १० गते १२:३९

priyanka-karki-nilu-doma-and-saiyam

माथिको तस्बिरले पनि नायिका प्रियंका कार्की र ‘पुन्टे परेड’ चलचित्रकी एक पात्र निलु डोमा शेर्पाविचको निकटतालाई प्रष्ट झल्काउँछ । निलु र प्रियंका निक्कै नजिक छन् र उनीहरु धेरैजसो कार्यक्रममा एकसाथ पनि हुन्छन् । यतिबेला यी दुई सिक्किम पुगेका छन् ।

सार्वजनिक नयाँ गीतमा प्रियंकाको ‘ककटेल जवानी’ देख्न सकिन्छ । ‘पुन्टे परेड’को यो गीतमा नायिका कार्कीको साथमा चलचित्रका मुख्य कलाकार संयम पुरी र निलु डोमालाई पनि आकर्षक तबरले फिचरिङ गरिएको छ ।

सुवास कोइरालाको निर्देशनमा तयार भएको यो चलचित्र साउन २ गतेबाट प्रदर्शनमा आउँदैछ । हरी महत्तले निर्माण गरेको चलचित्रले प्लस टू अध्ययन गर्ने यूवायूवतीको कथा बोल्छ । चलचित्रको सार्वजनिक गीतमा सहिमा श्रेष्ठ र राजन इशानले आवाज दिएका छन् । चलचित्र भित्र बिशेष भूमिकामा देखिएकी नायिका कार्की र उनको निकट मानिएकी साथी निलु डोमाबिच गहिरो आकर्षण देखाइएको छ । सिनेमाको परिकल्पना पनि निलु नै गरेकी हुन् ।

यो गीतलाई नायिका कार्कीले नै कोरियोग्राफी गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?