Comments Add Comment

यी हुन् आफू भन्दा जेठी श्रीमती बिहे गर्ने बलिउड सेलिब्रेटी(फोटो फिचरसहित)

bollywood-jodi

बलिउड दुनियाँ आफैमा रोचक छ । विभिन्न कारणले सेलिब्रेटीहरु चर्चामा आउने गर्दछन् । यहाँ हामीले केही यस्ता बलिउड सेलिब्रेटीको चर्चा गर्दैछौ, जसको उमेर आफ्नी श्रीमतीको भन्दा कम छ ।

faraha-and-siris१. फराहा खान र शिरिष कुन्दन

यो जोडीको उमेर अन्तर ८ बर्षको छ । बलिउडमा शिरिषले श्रीमती फराहा खानको चलचित्र ‘मे हुँ ना’बाट सम्पादनमा हात हालेका थिए । उनले निर्देशन गरेको चलचित्र ‘जोकर’ पूर्ण रुपमा असफल भएको थियो । फराहा शिरष भन्दा ८ बर्ष जेठी छिन् ।

abisekh-and-aiswarya२. ऐश्वर्या राय र अभिषेक बच्चन

अभिषेक भन्दा उनकी पत्नी नायिका ऐश्वर्या राय २ बर्ष जेठी छिन् । सन् २००७ मा यो जोडीले विवाहा गरेको थियो । उनीहरुको हाल छोरी पनि छिन् । नायक सलमान खान र विवेक ओवरायसँग प्रेम सम्बन्ध टुटेपछि ऐश्वर्याले अभिषेकसँग बिहे गरेकी हुन् ।

farhana-and-his-wife३.फरहान अक्तर र अधुना भवानी

बलिउडका चर्चित निर्देशक तथा कलाकार फरहान अक्तरकी श्रीमतीको नाम अधुना भवानी हो । दुई जोडीको उमेर अन्तर ६ बर्षको छ । आफू भन्दा ६ बर्ष जेठी अधुनासँग फरहानले बिहे गरेका थिए । अधुनाले ‘दिल चाहाता हे’का लागि कथा समेत लेखेकी थिइन् ।

Arjun-and-wife४. अर्जुन रामपाल र मेहर जेशिका

आफू भन्दा २ बर्ष बढि उमेरकी पूर्व सुपर मोडल मेहर जेशिकासँग अर्जुनले बिहे गरेका हुन् । उनीहरुको बिहे भएको करिब १६ बर्ष भैसकेको छ । तर पनि अर्जुन आफ्नी श्रीमतीलाई खुबै माया गर्छन् ।

silpa-and-raj५. राज कुन्द्रा र शिल्पा सेट्टी

बलिउडकी सफल नायिका शिल्पा सेट्टीको उमेर उनका पति राज कुन्द्राको भन्दा ३ महिनाले बढि छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment