News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट नेता वर्षमान पुन सहभागी हुने भएका छन् ।
- पूर्ण रूपमा स्वास्थ्यलाभ नभइसकेका कारण अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले आफ्नो स्थानमा नेता पुनलाई पठाउनुभएको हो ।
- नेता पुनले आफू रास्वपा महाधिवेशनमा शुभकामना दिन आइतबार बिहानै चितवन जान लागेको बताउनुभयो ।
६ असार, काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आइतबारबाट चितवनमा हुने प्रथम राष्ट्रिय महाधिवेशनमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट नेता वर्षमान पुन अनन्त जाने भएका छन् ।
नेकपाले महाधिवेशनको उदघाटन शत्रमा शुभकामना दिन पुनलाई पठाउने भएको हो । रास्वपाले भरतपुरको गेष्ट हाउस चौरमा हुने सम्मेलन उदघाटन समारोहमा सहभागी हुन संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई निमन्त्रणा पठाएको थियो ।
पूर्ण रुपमा स्वास्थ्यलाभ नभइसकेका कारण प्रचण्डले पुनलाई पठाउन लागेका हुन् । निमोनिया र ज्वरोका कारण अस्वस्थ भएपछि प्रचण्ड करिब १० दिन अस्पताल बसेर १८ जेठमा डिस्चार्ज भएका थिए । त्यसयता पहिलोपटक पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा शुक्रबार आयोजितसदस्यता नवीकरण अभियानको शुभारम्भ कार्यक्रममा उनी सहभागी भएका थिए ।
नेता पुनले आफू रास्वपा महाधिवेशनमा शुभकामना दिन आइतबार बिहानै चितवन जान लागेको बताए ।
प्रतिक्रिया 4