+
+
Shares

प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन सभामुखले रुलिङ नगरेकोमा नेकपाको आपत्ति

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३ गते १२:३९

३ असार, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद गोपाल शर्माले संसद्‍मा प्रधानमन्त्रीले दिएको सीमा सम्बन्धी अभिव्यक्ति तत्काल सच्याउनका लागि रुलिङ गर्न सभामुख डोलप्रसाद अर्यालसँग माग गरेका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले सीमा सम्बन्धमा दिएको गलत अभिव्यक्ति अझै पनि नसच्चिएको र सभामुख अर्यालले पनि सच्याउनका लागि रुलिङ नगरेको पनि आक्रोश व्यक्त गरे ।

उनले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति उनले आफैंले संसदमा आएर नसच्याएसम्म आफूहरुको विरोध कायमै रहने अडान पनि स्पष्ट पार्नुभयो । सांसद शर्माले संसदमा हुर्मत लिने काम सरकारले गरिरहेको जिकीर पनि गरे ।

उनले भने, ‘सरकारले संसद्को हुर्मत लिने काम गरिनै राखेको छ । हामीले प्रधानमन्त्रीको लगत अभिव्यक्ति सच्याउन भन्यौ । तर आजसम्म न सभामुखजीले सरकारलाई रुलिङ गर्नुहुन्छ । तपाईं संसद्को रोस्ट्रममा आएर यो भनाइ सच्याउनहोस् न रुलिङ गर्नुहुन्छ न सरकार जवाफदेही भएर संसद्‍मा आएर जवाफ दिन्छ ।’

उनले अगाडि भने, ‘यस सन्दर्भमा फेरि हामी सबै प्रतिपक्ष दलहरूको एउटै अभिव्यक्ति छ–उक्त गलत अभिव्यक्ति संसद्‍मा नै आएर सच्याइयोस् । उहाँले भनेको कुरा सही छ भने हाम्रो सामु यो यो कारणले सही छ भनेर भन्न तयार हुनुहोस् । सिमानाको बारेमा उहाँले दिएको लगत अभिव्यक्ति सच्याइयोस् । त्यो सच्याउनका लागि सभामुखबाट तत्काल रुलिङ होस भन्न चाहन्छु ।’

सांसद शर्माले सरकार संसदप्रति उत्तरदायी भएको गुनासो पनि गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?