Comments Add Comment

सुन खरिद बिक्री प्रणाली सहज बनाइने

२ साउन, काठमाडौं । सरकारले बहुमुल्य धातु सुनको आयात तथा बिक्री वितरण प्रणालीलाई समय सापेक्ष परिवर्तन गरि सहज बनाउने भएको छ । शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले सानो परिमाणमा पनि सुन खरिद गर्न सकिने व्यवस्था गर्न लागेको बतायो ।

goldसुन-चाँदी व्यवसायीहरुलाई चाहिने कच्चा पदार्थ अपूर्तिलाई सहज बनाउन विद्यमान व्यवस्थालाई परिमार्जन गर्न लागिएको हो । राष्ट्र बैंकले काठमाडौं उपत्यका बाहिर समेत वाणिज्य बैंकहरुले सुन बिक्री गर्न सक्ने व्यवस्था गर्न लागेको बताएको छ ।

विदेशमा गएर उपचार गराउने नेपाली नागरिकलाई बैंकहरुले वाषिर्क अमेरिकी डलर १० हजारसम्म पाउने गरी सटही सुविधा प्रदान गर्नसक्ने व्यवस्था पनि नयाँ मौद्रिक नीतिले गर्ने भएको छ ।

त्यसैगरि, नेपालको रसुवागढी भन्सारबाट एलसीमार्फत पनि समान आयात गर्न सक्ने व्यवस्था गरिने भएको छ । भारतबाट मेशिनरी तथा औजारहरु भाडामा ल्याउँदा भुक्तानी गर्नुपर्ने भाडा रकम १० लाख रुपैयाँसम्म तोकिएको मापदण्ड अनुरुप वाणिज्य बैंकहरुबाटै सटही सुविधा दिनसक्ने व्यवस्था गरिने छ ।

चीनसँग हुने आयात-निर्यात व्यापारको लागि वाणिज्य बैंकहरुमार्फत हुने भुक्तानी प्रणालीलाई व्यवस्थि तगर्न चीनको विभिन्न स्थानमा रहेका वाणिज्य बैंकहरुमार्फत बैंकिङ कारोबार गर्न सकिने व्यवस्था मिलाउने राष्ट्र बैंकले जनाएको छ ।

भारतबाट भित्रिने रेमिट्यान्स प्रणालीमा रहेका विद्यमान कठिनाइहरु कुटनैतिक तथा केन्द्रीय बैंकको तहबाट समधान गर्दै रेमिट्यान्स भित्राउने कार्यलाई सहज र सरल बनाइने बताइएकोछ  ।

तेस्रो मुलुकहरुबाट ड्राफ्ट, टीटीको माध्यबाट वस्तु आयात गर्दा एक पटकमा बढीमा अमेरिकी डलर ३० हजारसम्म भुक्तानी दिन पाइने सीमालाई वृद्धि गरी ३५ हजार अमेरिकी डलर पुर्‍याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment