Comments Add Comment

बैंकर भन्छन -मौद्रिक नीति कार्यान्वयन चुनौतिपूर्ण

४ काठमडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजानिक गरेको मौदि्रक नीति कार्यानवयन मुख्य चुनौति भएको बैंकरहरुले बताएका छन् । बैंकरहरुले समग्रमा मौदि्रक नीति ठिकै भए पनि केही नीतिहरु पूरा गर्न सक्ने अवस्था नभएको प्रतिक्रिया दिए ।

Nepal-rasta-bankबैंकर्स संघका अध्यक्ष राजनसिंह भण्डारीले सरकारको वित्तीय नीति र राष्ट्र बैंकको मौदि्रक नीतिमा तालमेल नमिलेकाले मौदि्रक नीति कार्यान्वयन चुनौतिपूर्ण भएको बताए । त्यसैगरी भण्डारीले मौदि्रक नीतिले कर्जा विस्तार गर्न नदिने भएकाले ६ प्रतिशतको आर्थिक वृद्धि गर्ने सरकारको लक्ष्यलाई सहयोगी नभएको बताए ।

त्यसैगरी सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले मौदि्रक नीतिमा भएका सबै व्यवस्था पूरा हुन नसक्ने भएकाले मौदि्रक नीति कार्यान्वयन चुनौतिपूर्ण भएको बताए । ‘समग्रमा मौदि्रक नीति ठीकै छ तर, यसको कार्यान्वयन पक्ष चुनौतिपूर्ण छ’ उनले भने ।

व्यापार घाटा कम गर्ने र रोजगारी सिर्जना गर्ने विषयमा मौदि्रक नीतिले कुनैपनि सम्बोधन नगरेको महर्जनले बताए । ‘बजेट र व्यापार घाटा बराबर छ तर व्यापार घाटा क मगर्ने सवालमा न वित्तीय नीति बोलेको छ न त मौदि्रक नीति नै’ उनले भने ।

राष्ट्र बैंकले २०७१ असार मसान्तसम्ममा उत्पादनशील क्षेत्रमा कुल कर्जाको २० प्रतिशत कर्जा विस्तार गर्न बैंकहरुलाई निर्देशन दिएको थियो । तर, अहिलेसम्म बैंकहरुले सो क्षेत्रमा १२ प्रतिशतको हाराहारीमा मात्रै कर्जा विस्तार गर्न सकेको महर्जनले बताए । ‘यो वर्षपनि उत्पादनशील क्षेत्रतर्फको कर्जा २० प्रतिशत पुर्‍याउन निर्देशित गरिएको छ’ उनले भने -तर, कसरी पुर्‍याउन सकिन्छ भन्ने विषयमा केही उल्लेख गरिएको छैन ।

राष्ट्र बैंकले कृषि र उर्जा क्षेत्रमा कुल कर्जा लगानीको १२ प्रतिशत लगानी गर्नु पर्ने यसअघिको व्यवस्थालाई यो वर्ष पनि निरन्तरता दिएको छ । तर, बैंकहरुले यस क्षेत्रमा ४ प्रतिशत मात्रै लगानी गरेका छन् । ‘जलस्रोतमा भएको लगानीको प्रतिवद्धता मात्रै हेर्ने हो भने १० प्रतिशत बढी छ तर वास्तविक लगानी भने २ प्रतिशत पनि छैन’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment