६ साउन, विराटनगर । नेपाली काँग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेलले बिपीको मेलमिलाप नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताएका छन् ।
बिपी कोइरालाको ३२ औँ स्मृति दिवसको उपलक्ष्यमा विराटनगर बरगाछीस्थित गुराँस पुस्तकालयले मंगलवार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले मुलुकको आर्थिक र सामाजिक रुपान्तरणका लागि बिपीको विचारलाई आत्मसात् गर्दै अघि बढ्नुपर्ने बताएका हुन् । कार्यबाहक सभापति पौडेलले अग्रगामी परिवर्तनका नाममा वामपन्थीले जनतामाझ भ्रम छर्ने काम गरेको आरोप लगाए ।
कार्यक्रममा सूचना तथा सञ्चार मन्त्री डा. मीनेन्द्र रिजालले प्रजातन्त्र प्राप्तिका लागि मात्र नभई देश निर्माणका लागि पनि बिपी कोइरालाको महत्वपूर्ण योगदान रहेको चर्चा गरे । उनले विपीका अनुयायीले आफ्नो विवेक प्रयोग गरेर हरेका समस्याको समाधान खोज्नुपर्नेमा जोड दिए ।
उनले अब शान्ति र संविधान निर्माण गरेर मुलुकमा स्थायित्व कायम गर्न बिपीको आर्दश र विचारलाई सबैले अवलम्बन गर्नुपर्ने बताए । काँगे्रस मोरङका सभापति एवम् सभासद् अमृत अर्यालले बिपीको मेलमिलाप नीतिको कारण काँग्रेस जनतामा लोकपि्रय बन्दै गएको बताए । रासस
प्रतिक्रिया 4