मुम्बई । अजय देबगण र करीना कपुर अभिनित फिल्म ‘सिंघम रिटन्र्स’ले रिलिजको पहिलो दिन सान्दार कमाई गरेर यो वर्षको पहिलो दिन सबै भन्दा धेरै कमाई गर्ने फिल्मको सुचिमा आफुलाई दर्ता गरिसकेको छ ।
यस्तै प्रदर्शनको दोस्रो दिन पनि उत्तिकै राम्रो कारोवार गरेको छ । शुक्रवार र शनिवार गरेर फिल्मले ५३ करोड कमाई गरेको फिल्म निर्माताहरुको भनाई रहेको छ ।
फिल्मले मुम्बई, पूणे, दिल्ली, पञ्जाब, राजस्थान लगायतका राम्रो ब्यापार गरेको छ । सलमान खान अभिनित किककै हाराहारीमा सिंघम रिटन्र्सले ब्यापार गरेपछि यो वर्ष सबै भन्दा धेरै कमाउने फिल्ममा कुन हुने छ भन्नेमा चर्चा सुरु भएको छ ।
शुक्रवार र शनिवार जस्तै राम्रो ब्यापार आईतवार र सोमबार पनि भयो भने यस फिल्मको ब्यापारिक प्रतिस्पर्धा किकसँग हुने अनुमान गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4