गायक सुशील कोइरालाले आफ्नो दोश्रो एल्बम ‘सपना २’ बजारमा ल्याएका छन् । ‘जीवन भोगाइका अनुभुतीको संगालो’ भनिएको यो एल्बमले बजारमा चर्चा पाउने आशा गरिएको छ ।
‘साथ दिने बहानामा’ बोलको गीतमा कोइरालाको आवाज समावेश छ । भावना पाठकको शब्द रहेको एल्वममा अर्जुन पोख्रेलले संगीत भरेका छन् । गीतको भिडियो पनि तयार भैसकेको छ । स्याङ्जामा जन्मेका कोइरालाको सानैदेखि गीत संगीतमा रुची रहेको बताए ।
गायक कोइरालाले यसअघि आफूले बजारमा ल्याएको ‘सपना’ जस्तै ‘सपना २’ एल्बमलाई पनि श्रोताले माया गर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4