Comments Add Comment

१४ वर्षमा के-के गरिन विपाशाले ?

bipasa

मुम्बई । ग्ल्यामरस, बोल्ड र ब्यूटीको उपाधि पाएकी थिईन् अभिनेत्री बिपाशा बसुले । एउटा समय यस्तो पनि थियो, उनले अभिनय गरेको फिल्म रिलिजको तयारी हुँदै गर्दा फिल्मको भन्दा धेरै चर्चा हुन्थ्यो विपाशाको ।

अहिले समय फेरिएको छ । पछिल्लो चार वर्षमा ‘दम मारो दम’, ‘प्लेयर्स’, ‘रेश-२’, ‘हमसकल’ जस्ता फिल्ममा उनले काम गरेकी छिन् । ‘आत्मा’ र ‘जोडी ब्रेकर्स’ उनले काम गरेका मध्ये सर्वाधिक असफल फिल्मको सुचिमा परे पनि ।

अर्को एउटा सानो बजेटको फिल्म ‘क्रिचर’ मा विपाशाले मुख्य भुमिका निर्वाह गरेकी छिन् । बिक्रम भट्टको निर्देशन रहने क्रिचरको विषयमा पनि विभिन्न टिका टिप्पणी सुरु भएको छ ।

अन्तराष्ट्रिय समाचार संस्था बिबिसीसंग उनले खुलेर कुरा गरेकी छिन् विविध विषयमा । आफ्नै प्रयाशमा बलिउडमा स्थापित भएको धारणा राख्ने बिपाशाले तीन खानको बुई चढेर चर्चामा आउने प्रयाश कहिल्यै नगरेको दाबी गरिन् ‘सलमान र शाहरुख खान मेरा साथी हुन्, तर, मैले आजसम्म उनिहरुसंग काम गरेको छैन ।’ उनले भनिन् ।

करिअरको विषयमा आफु कहिल्यै हताश नभएको दाबी गर्ने विपाशालाई लाग्छ । केही कलाकार एकाध फिल्म खेलेर गायब भएको प्रसंग कोट्याउदै उनले भनिन् ‘मैले विना कुनै क्याम्प र हिरोको साहराविना १४ वर्ष काम गरें । त्यसकारण मेरो कसैप्रति पनि गुनासो छैन ।’

अपमानजनक अनुभव

साजिद खान निर्देशित फिल्म ‘हमशकल’मा काम गर्दा विपाशाले पहिलो पटक अपमानजनक ब्यबहार महसुस् गरिन् । फिल्म सुटिङ हुँदै गर्दा निर्माणपक्ष र बिपाशाविच खटपट सुरु भैसकेको थियो । फिल्मको ट्रेलरमा विपाशाको तस्बिर छैन भने फिल्म प्रमोशन कार्यक्रममा पनि उनि कहिल्यै उपस्थित भईनन् ।

ब्यबसायिक रुपमा फिल्म असफल भएपछि अभिनेता सेफ अलि खानले घोषणा गरेे ‘साजिद खानको फिल्ममा म दोहोरयाएर काम गर्दिन ।’ जोन अब्राहमसंग छुटि्टएको केही समय आफुलाई समस्या भएको उनले बताएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment