Comments Add Comment

करिश्माको सौन्दर्यमा लोभिए अनुपम खेर

karishma with anupamकाठमाण्डौ । करिश्मा मानन्धर मात्रै त्यस्ती भाग्यमानी कलाकार हुन्, जसको सौन्दर्य चर्चा आजसम्म उत्तिकै हुन्छ ।

स्व. प्रकाश थापा निर्देशित चलचित्र ‘सन्तान’ काम काम गर्दा उनको सौन्दर्यको तारिफ जसरि हुने गरेको थियो आज त्यसको मात्रा झनै बढेर गएको छ ।

नेपाली कलाकर्मी र दर्शक मात्रै होईन भारतीय कलाकारले समेत उनको सौन्दर्यको प्रसंसा गरिदिएपछि नेपाली प्रशंसकहरुलाई लागेको छ ‘हामीले गरेको मूल्याङकन सही रहेछ ।’

नेपाल भ्रमणमा आएका बलिउड अभिनेता अनुपम खेरसँग मुम्बई फर्किनु केही घण्टा अघि मात्रै करिश्माको भेट भयो । अनुपमकै जीवनीमा आधारित ‘नाटक कुछ भी हो सकता है’ हेर्न आर्मी अफिसर्स क्लब पुगेकी करिष्माले नाटक हेरिसकेपछि अनुपमसँग चिनाजानी गरिन् ।

त्यसो त सामाजिक सञ्जालमा पनि उनले अनुपमको प्रसंसामा केही शब्द खर्च गरिसकेकी थिईन् । नेपालकी जल्दीबल्दी हिरोईनले आफ्नो नाटक हेरेर भावुक भएको बुझेका अनुपमले करिश्माको शीरदेखि पाउसम्म नियालेनन् मात्रै ‘तपाईमा सौन्दर्यको खानी रहेछ’ भन्ने आशयको प्रतिक्रिया दिए ।

राम्रो भुमिका पाएमा नेपाली फिल्म खेल्छु भन्दै मुम्बई फर्किएका अनुपमलाई कोशेली वालगृहले च्यारीटि मञ्चनका लागि नेपाल बोलाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment