+
+

चोरी निकासीले संकटमा चिप्लेकिरो

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ १३ गते ११:३८

१३ भदौ, म्याग्दी । जिल्लाको शिख गाविस-६ स्थित खोप्रा लेकक्षेत्रमा चोरी निकासी बढेपछि चिप्लेकिरा लोप हुने अवस्थामा पुगेको छ ।

Chiple Kiraजथाभावी सङ्कलन गरी अवैध निकासी हुने क्रम बढेपछि एकदशकअघि जताततै भेटिने चिप्लकिरा अहिले भेटिनै मुस्लिक परेको हो । पाँच वर्षअघिसम्म प्रसस्तै भेटिने चिप्लेकिरा अहिले देखिन छाडेको स्थानीय अगुवा भीम पुनले बताए ।

स्थानीयवासीमा चिप्लेकीराको महत्वबारे जानकारी नहुँदा लोप हुने अवस्थामा पुगेका हुन् । म्याग्दीका विकट ग्रामीण बस्तीहरुसम्म पुगेर पूर्वी नेपालबाट आएका मानिसले चिप्लेकिरा सङ्कलन गरेर लैजाने गरेको स्थानीय पाउद्धार माविका शिक्षकसमेत रहेका पुनले बताए ।

नचिनेका मानिसको समूहले हप्तौसम्म चिप्लेकिरा सङ्कलन गरेर सुकुटी बनाई लैजाने गरेको खोप्रास्थित सामुदायिक लजका कर्मचारी भक्तबहादुर पुनले बताए ।

चिप्लेकिरा सङ्कलन नगर्न  सचेत गराउँदा धम्की दिने गरेको उनको गुनासो छ । खैरो र सुनौलो रङको चिप्लेकिरा खाँदा हाडजोर्नी दुखेको, चोटपटक लागेको निको हुने र शारीरिक फूर्ति बढ्ने विश्वास छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?